MENU

न्यु साउथ वेल्समा १७ जना कोभिड पोजेटिभ,  सङ्क्रमित क्षेत्रबाट राज्य र टेरिटोरी गए क्वारेन्टिन बस्नै पर्ने 

सिड्नी । अस्ट्रेलिया नियन्त्रणमा आईसकेको कोरोना भाइरस,  फेरी सिड्नीको  उत्तरी सामुन्द्रीक क्षेत्र  (नर्थन  बीच)  एरियामा १७ जना, कोभिड पोजेटिभ देखिएपछि  देशभर चिन्ता बढेको छ ।
लामो समयको सिम बन्द खुलेसंगै‌  क्रिसमस र नयाँ वर्ष एक आपसका खुसीयाली साटासाट गरी मनाउने र विभिन्न राज्यको भ्रमणमा निस्कने तयारी गरिरहेका  हजार‌ौ‌ं अस्ट्रेलियालीहरु  प्रभािवत भएका छन् ।

राज्य र टेरिटोरी गए १४ दिन क्वारेन्टिन

विभिन्न राज्य तथा टेरिटोरीहरुले न्यु साउथ वेल्सको कोरोना भाइरस आउट व्रेक भएका ठाउँबाट  आउने यात्रुलाई अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने नयाँ नियम सार्वजनिक गरेका छन् । क्वीन्सल्याण्ड, भिक्टोरिया, पश्चिमी अस्ट्रेलिया, नर्दन टेरिटोरी,  क्यापिटल टेरिटोरी, दक्षिण अस्ट्रेलिया र तस्मानियाले  बिहीबार मध्यरात देखि सिड्नीको नर्दन बेचिजबाट आफ्नो राज्य र टेरिटोरीमा आउने यात्रुका लागि नयाँ नियम घोषणा गरेका छन्  ।
सिड्नीको कोभिड हट स्पटबाट अन्य राज्य जाने यात्रुले  १४ क्वारेन्टिन तथा अनिवार्य कोभिड टेस्ट गर्नुपर्ने छ ।