होबार्ट । तास्मानिया राज्यमा पकड भएको दल लिवरल पार्टीले राज्यको चुनावमा एकल बहुमत ल्याएसंगै लिवरलकै सरकारले निरन्तरता पाउने छ । चुनाव अघि सोही दलका नेता तथा सांसदहरुलाइ गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, तास्मानिया राज्यका संयोजक सन्देश परियारले राज्यमा बसोवास गर्ने नेपाली समुदायको मागको फेहरिस्त सुनाएका थिए । उनले सबैपार्टीका उम्मेदवारलाई राखेर तास्मानियाका नेपाली समुदायका समस्या मात्र सुनाएनन, यहाँको सरकार तथा पार्टीका नेताहरुलाई समेत मागपत्र पठाए ।
संयोजक परियारले दलका नेता तथा संसदहरुलाई नेपाली धार्मीक तथा सस्कृतिको बारेमा बुझाउदै भनेका थिए । “नेपाली समुदायको धार्मिक स्थलहरुमाथिको विश्वास एकदम महत्वपूर्ण छ किनभने यस्ता स्थानहरुले समुदाय र स्थानीय समुदायहरुले एकअर्कासंग घुममेल गराउछ भने धार्मीक मठमन्दिरमा पुजा गर्लाले शान्ति र सदभाव मिल्ने विश्वास छ ।”
त्यसैले तास्मानियामा बसोबास गर्ने हिन्दू समुदायका लागि मन्दिर निमार्ण अहिले नेपाली समुदायको आवश्यकता रहेको छ । त्यसो त नजिककै हिन्दु मन्दिर ब्रिजवाटरमा छ जहाँ पुग्नका लागि यातायात समस्या रहेको सन्देशले सवै नेताहरुलाई सुझाव दिएका छन् । उनले दलका नेता तथा संसदहरुलाई क्लार्क क्षेत्रमा मन्दिर स्थापनाको लागि सहयोग गर्न अनुरोध गरेका छन ।
उनले भने ‘सरकारले राज्यमा बसोवास गर्ने मानिसहरुलाई भिसाका आधारमा विभेद गरेको समेत औल्याएका छन । राज्य प्रायोजित भिषा प्रणालीलाई नजिकबाट नियाल्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै हाउजिङ इन्डस्ट्रीमा राज्यले सवैलाई समान ब्यवाहार गर्न आग्रह गरेका छन ।
उनले भनेका छन १९० भिसा भएकाहरुले सामान्य स्टाम्प डयूटीकै भरमा घरजग्गा किन्न सक्छ भने राज्य प्रायोजित भिषा ४९१ र ४८१ भएकाहरुले तास्मानियामा घर किन्नका लागि चार वर्ष बस्नुपर्ने तथा विदेशी खरिददरको वर्गिकरणमा राखिएकाले खरिदमूल्यको करिव सात प्रतिशत माथि अतिरिक्त कर तिर्नुपर्ने नियम छ । यदी यो पवधानलाई हटाएर ४९१ भिसाबाहकले भने घरजग्गा किन्न पाउने ब्यवस्था मिलाउने हो भने राज्यको अर्थतन्त्रमा सहयोग पुग्न सक्छ ।’
राज्य प्रायोजित भिसा भएकाहरुमा मानसिक तनाव हुने र जसका कारण उनीहरुले वैकल्पिक स्थानहरुको खोजी गर्ने अथवा ८८७ भिषा पाउन चार वर्ष कुरेर सम्पत्ती किन्न नसक्ने भन्ने चिन्ता थप्ने उनले दलका नेताहरुलाई सचेत गराएका छन । यदी राज्यले उनीहरुलाई सम्पति जोडन अवसर नदिने हो भने त्यस्ता मानिसहरुले राज्य छाड्ने भएमा यही राज्यमा बसेर जोडेको पैसा अन्य राज्यमा जाने छ यसले स्थानीय व्यवसायमाथि ठूलो प्रभाव पार्नेछ सन्देशले सचेत गराएका थिए ।
यदी राज्यले सवैले स्थायी रुपमा बसोवास गर्ने बातावरण बनाउने हो भने स्थानीय रोजगारी र व्यापार बढने र स्थानीय अर्थव्यवस्थाको लागि ठूलो प्रोत्साहन हुने संयोजक सन्देशले औल्याएका छन् ।
Letter to Clark Candidates (1)