MENU

अस्ट्रेलियाका आठवटै राज्यहरुमा सगरमाथा दिवस मनाईने

Federation of Nepalese Community Associations of Australia (FeNCAA), and its member organisations have organised International Everest Day Celebration on 29 May in all capital cities of Australia with a simple slogan “Let’s Preserve Mount Everest”
International Everest Day Celebration on 29 May organised  by Federation of Nepalese Community Associations of Australia, and its member organisations  in all capital cities of Australia with slogan “Let’s Preserve Mt. Everest”

सिड्नी । अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा अस्ट्रेलियाका आठवटै राज्यहरुमा बिबिध कार्यक्रम हुने भएको छ । फेडरेसन अफ नेप्लिज कम्युनिटी एसोसिएसन्स अस्ट्रेलिया (फेन्का)को आयोजनामा यही मे २९ आईतबार बिहान एड्भेन्चर वाक सहित अस्ट्रेलियाका सबै राज्यका सहरहरुमा सगरमाथा दिवस (International Everest Day May 29 ) मनाउन लागिएको हो ।

फेन्का अध्यक्ष डा कृष्ण हमालका अनुसार सगरमाथाको संरक्षण र सगरमाथा सहित नेपालको प्रचार प्रसारको लागि अस्ट्रेलिया बिभिन्न राज्यहरुमा रहेका नेपाली सामुदायिक संस्थाहरुको सहकार्यमा यो कार्यक्रम हुन लागेको हो । डा हमालले भने, “पछिल्लो समयमा सगरमाथामाथि पर्वतारोहीहरुको उच्च चाप परेको छ । पर्यटन सँगै सगरमथाको पर्यावरण संरक्षणको लागि जनचेतना जगाउन यो कार्यक्रम गर्न लागेको हो ।”

बिश्व उष्णीकरण र जलबायु परवर्तको करण सगरमाथामा भएको पर्यावरणिय प्रभावका बारेमा पर्वतिय बिकासको क्षेत्रमा काम गरिरहेका बिज्ञहरुको सहभागितामा आइतबार साँझ जुम मार्फत अन्तरक्रिया पनि हुने फेन्का उपाध्यक्ष बम योञ्जनले नेप्लिज अस्ट्रेलियनलाई बताए । कार्यक्रममा भिक्टोरियाका बातावरण मन्त्र, अस्ट्रेलियन हिमालयन फाउन्डेसनका प्रमुख, सगरमाथा आरोही र बतावरणबिद्धहरुको सहभागिता रहने योञ्जनले जानकारी दिए ।

फेन्का न्यु साउथ वेल्स संयोजक बिष्णु हमालका अनुसार सिड्नीको ३० हेन्लि मरिन ड्राईभ फाइभ डकमा पाँच किलोमिटर पैदल यात्रा कार्यक्रम रहेको छ । कार्यक्रममा सहभागि हुन १० डलर प्रवेश शुल्क रहेको छ भने बिद्यार्थी र अभिभावकहरुलाई प्रवेश निःशुल्क रहेको छ । सहभागिहरुले न्युनतम शुल्कमा अन्तराष्ट्रिय सगरमाथा दिवसको सम्झना स्वरुप टिसर्ट पनि खरिद गर्न सक्नेछन् ।

अस्ट्रेलियाका आठवटै राज्यअरुमा निम्न स्थान र समयमा अन्तराष्ट्रिय सगरमाथा दिवस मनाइदै छ

न्य साउथ वेल्स

स्थानः ३० हेन्लि मरिन ड्राईभ फाइभ डक

समयः विहान ८ बजे

पाँच किलोमिटर पैदल यात्रा, बार्बेक्यु कार्यक्रम

अस्ट्रेलियन क्यापिटल टेरिटोरी

स्थानः द हिमालयन सेडर फरेस्ट पिकनिक एरिया, नेसनल आर्बोटेरियम क्यनबेर फरेस्ट ड्राइभ मोलोङलो क्याली एसिटी

समयः विहान ९ बजेम

दुई किलोमिटर पैदल यात्रा कार्यक्रम

भिक्टोरिया

स्थानः अल्बर्ट पार्क वाकिङ ट्रयाक

समयः विहान १० बजे

पाँच किलोमिटर पैदल यात्रा कार्यक्रम, सगरमाथा बारे हाजिरिजवाफ प्रतियोगिता

क्विन्सल्याण्ड

स्थानः जे सि सालगटर फल्स, ४८ सर साम्युयल ग्रिफित ड्राइभ माउन्ट कोथा

समयः विहान ८ बजेम

माउन्ट कोथा हाईकिङ कार्यक्रम, सगरमाथा बारे संरक्षण बारे अन्तरक्रिया

पश्चिम अस्ट्रेलिया

स्थानः जाराहा पेभिलियन किङ्स पार्क

समयः विहान ८ ३० बजे

पाँच किलोमिटर पैदल यात्रा,

साउथ अस्ट्रेलिया

स्थानः मोरियालता मुकन्थी नेचर प्ले स्पेस

समयः विहान ८ बजे

पैदल यात्रा

International Everest Day: Sunday 29 May 2022