MENU

जो बाइडेनकाे ह्वाईट हाउस यात्रा निश्चित; अस्ट्रेलियन प्रधानमन्त्री मरिसनले दिए बधाई

Democratic candidate Joe Biden has been elected the 46th President of the United States of America.

एजेन्सी । कडा चुनावी प्रतिस्पर्धाबीच संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन निर्वाचित भएका छन्।

बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज भोट आवश्यक पर्नेमा २८४ भोट ल्याउँदै विजयी भएका हुन् । बाइडेनले पेन्सिलभेनियाको २० इलेक्ट्रोरल मत प्राप्त गरेपछि ह्वाइटहाउसको यात्रा निश्चित भएको हो ।

निकटतम प्रतिस्पर्धी डोनल्ड ट्रम्पले भने २१४ भोट मात्रै ल्याए । निर्णायक राज्यमा बाइडेनले जितेसंगै बीबीसी लगायत अन्तराष्ट्रिय संचारमाध्यमहरुले डेमोक्रेट उम्मेदवार बाइडेनले राष्ट्रपतिपदमा जितेको जनाएका छन् ।

बाइडेनलाई अस्ट्रेलियन प्रधानमन्त्रीले दिए बधाइ

Australian Prime Minister Scott Morrison
Prime Minister Scott Morrison congratulates US president-elect Joe Biden

राष्ट्रपतिपदमा निर्वाचित भएका जो बाइडेनलाई विश्वभरिका नेताहरुबाट शुमकामना आउनेक्रम शुरु भएको छ । अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले आईतबार  बिहान बाइडेनलाई राष्ट्रपतिपदमा पदमा निर्वाचित भएकोमा बधाई दिएका छन् ।

उनले बधाइ सन्देशमा भनेका छन्, “बाइडेन बर्षौ अघिदेखि अस्ट्रेलियाका घनिष्ठ मित्र हुन् ।”  बाइडेनको बिजयले अस्ट्रेलियन अमेरिका सम्बन्ध अझै मजबुत हुने विश्वास लिएको प्रधामन्त्रीको भनाइ थियो ।

यसैबिच प्रधामन्त्री मोरिसनले महत्वपूर्ण मुद्दाहरुमा दुबै देशले देखाएको ऐक्यवद्धता र सहकार्यको लागि डोनाल्ड ट्रम्पलाई धन्यवाद दिदै जनावरी २० सम्म निकटमा रहेर काम गर्ने बताए ।

बाइडेनको बिगत

यो निर्वाचन अमेरिकाका पूर्व उपराष्ट्रपति जो बाइडनको ह्वाइट हाउसको लागि तेस्रो प्रयास थियो । सन् १९८७ र २००८ को अघिल्ला प्रयासहरु विपरित यस पटक बाइडन डेमोक्रयाटको तर्फबाट एक अग्रणी प्रतिस्पर्धीको रुपमा रहेका थिए ।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको चुनावी जनसभाहरुको विपरित बाइडनले थोरै तर महत्वपूर्ण चूनावी प्रचारप्रसार गरेका थिए ।

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले बाइडनलाई अमेरिकाले प्राप्त गरेका अहिलेसम्मका सर्वश्रेष्ठ उपराष्ट्रपतिको भएको बताएका थिए ।

व्यक्तिगत जीवन दुखदायी

सन् १९७२ मा पहिलो पटक सिनेटमा विजयी प्राप्त गरेकै समयमा उनले पहिलो श्रीमति नेइलिया र सानी छोरी नाओमीलाई कार दुर्घटनामा गुमाए । दुर्घटनामा बाच्न सफल दुई छोराहरु बेउ र हन्टर अस्पतालमा रहेका कारण उनले अस्पतालमै सपथ खाएका थिए ।

सन् २०१५ मा छोरा बेउको पनि ४६ वर्षको उमेरमा ब्रेन क्यान्सरबाट मृत्यु भयो । छाेरा बेउको मृत्युपछि बाइडनले उल्लेख्य सदभाव प्राप्त गरे जसले उनको केन्द्रीय सामर्थलाई बलियो पार्यो । उनलाई दयालु र पारिवारीक व्यक्तिको रुपमा उभ्यायो ।

ओबामा बाइडेन कलेक्सन

खासमा बाइडनले सन् २००८ मा डेमोक्रयाटका तर्फबाट निर्वाचनमा उत्रेपनि प्रतिस्पर्धाबाट पछि हट्दै ओवामाको सरकारमा सामेल भएका थिए । ओबामासंगै आठ वर्ष ह्वाइटहाउसमा रहेका बाइडनले अधिकांश समय ओबामाको आसपास रहेका तथा उनका कतिपय कामको जस बाइडनले पाउने गरेका थिए ।

ओबामासंगको सहकार्यले बाइडनलाई अफ्रिकन—अमेरिकन मतदाताको साथपाउने अपेक्षा समेत गरिएको थियो । लामो समय वासिङटनमा विताएका बाइडनसंग वैदेशिक मामिलाका ठोस सुचनाहरु थिए र उनले ओबामामा रहेका कम कार्यकारी अनुभवलाई सन्तुलित तुल्याउन सघाउ पुरयाएका थिए ।

मिडल क्लास जो का रुपमा चिनिएका बाइडनले ओबामालाई जित दिलाउन समेत मुख्य भूमिका निर्वाह गरेका थिए । सन् १९७२ देखि ६ पटकसम्म डेलावेरको सिनेटर रहेका उनले सन् १९८८ मा पहिलो पटक राष्ट्रपतिका लागि उम्मेदवार बनेका थिए । तर बेलायती लेवर पार्टीका तत्कालीन नेता नील किन्नोकको भाषण चोरी गरेका आरोप लागेपछि बाइडन पछि हटे ।

सन् १९९१ मा सिनेट न्यायिक समितिको अध्यक्षका रुपमा उनले क्लारेन्स थोमसको सर्वोच्च अदातलको पुष्टिकरण सुनुवाइको निरिक्षण गरे तथा अनिता हिलले उम्मेदवारबाट आफूलाई यौन दुव्र्यवहार भएको आरोपलाई लिएर गरेका कामकारवाहीका कारण उनको कडा आलोचना भएको थियो । बाइडेन सन् १९९४ को अपराध विरोधी विधेयकका पनि कट्टर पक्षधर थिए ।