MENU

बञ्चरेडाँडाबाट काठमाडौं फर्किए फोहोरका डेढ सय ट्रक

Kathmandu Waste Managment Problem

काठमाडौं- स्थानीयको अवरोधपछि बञ्चरेडाँडाबाट फोहोरसहितका डेढ सय ट्रक काठमाडौं फर्काइएको छ। बुधबार विसर्जनका लागि बञ्चरे पुर्‍याइएका ट्रकहरूलाई पुनः काठमाडौं नै फर्काइएको हो।

स्थानीयहरु आक्रोशित रूपमा प्रस्तुत हुन थालेपछि आफूहरुले फोहोर विसर्जन गर्न नपाएको काठमाडौं महानगरपालिका वातावरण विभागले जानकारी दिएको छ।

सुरक्षा बलको प्रयोगले स्थानीयको आक्रोश बढ्न सक्ने भएकाले आफूहरुले सचेततापूर्वक काठमाडौं नै फोहोर फर्काइएको बताए।

बुधबार बिहानैदेखि बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयले अवरोध पुर्‍याएका थिए। स्थानीय विरोध गर्दै सडकमा उत्रिएपछि प्रहरीले बल प्रयोग गरेको थियो।

अवरोध हटाउन प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास समेत प्रयोग गरेको छ। प्रहरीको टोली काठमाडौंबाटै परिचालन भएको बताइएको छ।

ब्याजदर बृद्दीको निर्णयले अस्ट्रेलियालीहरुलाई आर्थिक भार थपिने