MENU

केशब जोशी प्रवासी नेपाली मंच अष्ट्रेलियाको अध्यक्षमा चयन

Keshab Joshi ONF

सिड्नी । प्रवासी नेपाली मंच अस्ट्रेलियाको अध्यक्षमा केशब जोशी सर्वसम्मत चयन भएका छन् ।

नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मंच अस्ट्रेलियाको अईतबार ३१ अक्टोबरमा भएको साधारणा सभाले केशब जोशीलाई अध्यक्षमा चयन गरेको हो । मञ्चका अन्य पदाधिकारीहरु भने पुरानै रहेका छन् ।

बर्तमान अध्यक्ष रमेश पाण्डेले मञ्चको अन्तर्राष्ट्रिय कमिटीको सचिवको जिम्मेवारी सम्हालिरहेकाले गरेकाले अष्ट्रेलिया कमिटीबाट विदा लिएका छन् । पाण्डेका अनुसार मञ्चको कार्यसमिति पूनर्गठन गरिएको छ र बर्तमान कमिटिको मुख्य जिम्मा अधिवेसन गर्ने रहेको छ ।

नव निर्वाचित अध्यक्ष जोशीका अनुसार मञ्चको अस्ट्रेलियाका आठ वटै राज्यहरुमा संगठन विस्तार र संगठनलाई पूर्णता दिने, मञ्चको अन्तराष्ट्रिय कमिटिसँग संयोजन गर्ने र अस्ट्रेलियाका स्थानिय राजनीतिक दल र संगठनसँग सम्बन्ध बिस्तार गर्ने योजना रहेको छ ।

सन् २००५ मा अस्ट्रेलिया आएका जोशीले यस अघि मञ्चमा महासचिव र उपाध्यक्षको जिम्मेवारी निभाएका थिए ।

बैठकमा प्रवासी नेपाली मंच अष्ट्रेलियाका पूर्व अध्यक्ष एवं ओसेनिया क्षेत्रका इंचार्ज डा. बिनोद श्रेष्ठ, ओसेनिया क्षेत्रका अध्यक्ष राजु उपाध्याय लगायतको नेताहरूको उपस्थिति रहेको थियो ।

राजु उपाध्यायको नेतृत्वमा ओएनएफ ओशिनिया गठन

दक्षिण अस्ट्रेलियामा लामो समयदेखि बस्दै आएका राजु उपाध्यायको नेतृत्वमा प्रवासी नेपाली मंचको ओसिनिया क्षेत्रिय कमिटी गठन भएको छ ।

मन्चको हालै जुम मार्फत भएको क्षेत्रिय भेलाले चयन गरेका अन्य पदाधिकारीहरुमा सचिव रमेश पौडेल सदरस्यहरुमा डा भगवान यादव (न्युजिल्याण्ड), केशव जोशी (अष्ट्रेलिया), मान्डव कार्की (अष्ट्रेलिया),महेन्द्र कार्की (अष्ट्रेलिया), गोमा मैनाली (अष्ट्रेलिया) रमेश थापा (अष्ट्रेलिया), भावना नेपाल (न्युजिल्याण्ड) रहेका छन ।

कार्यक्रममा ओएनएफ अन्तराष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङ, सचिव रमेश पाण्डे, ओएनएफ अन्तराष्ट्रिय कमिटी सदस्य तथा ओशियाना ईन्चार्ज विनोद श्रेष्ठ, न्युजिल्याण्डका नेपालका अवैतनिक वाणिज्यदुत आत्माराम खनालले नव निर्वाचित पदाधिकारीहलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।