MENU

अनेसास क्विन्सल्याण्ड च्याप्टरमा नयाँ नेतृत्व, सभापतिमा केशव शर्मा निर्वाचित

ब्रिसबेन । अस्ट्रेलिया स्थित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्विन्सल्याण्ड च्याप्टरको बार्षिक साधरणसभाले नयाँ नेतृत्व चयन गरेको छ । सस्थाको शनिवार क्विन्सल्याण्डमा सम्पन्न साधारणसभाले  दुई बर्षका लागि केशव शर्माको  सभापतित्वमा नौ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

च्याप्चरको उप-सभापतिमा  राजन कोईराला , सचिव  ईशा शर्मा कोईराला  र कोषाध्यक्षमा विनोद भक्त आचार्य  निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा , मोहन शर्मा काफ्ले,रजनी खड्का , रिना पराजुली , गिरीराज खनाल र तारा बहादुर डांगी रहेका छन् ।

सभापति केशव शर्माको अध्यक्षतामा सम्पन्न बार्षिक साधारण सभामाले संस्थाका बिगतका गतिविधिहरु लगायत आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । साथै आगामी बर्षमा गरिने कार्यक्रमहरुका  बारेमा पनि छलफल भएको थियो ।

आगामी दिनहरुमा पनि बिगतमा जस्तै ३/३ महिनामा नियमित रचना वाचनको कार्यक्रम आयोजना गर्ने, कार्यक्रममा वाचन गरिएका रचनाहरु संकलन गरि तिनको प्रकाशनको ब्यबस्था मिलाउने र अन्य संघ संस्थाहरु संगको सहकार्यमा भानु जयन्ती लाई नेपाली भाषा, साहित्य र संस्कृतिको बिशेष दिनको रुपमा मनाउने गरि कार्यक्रम तर्जुमा गरिएको छ  नव  निर्वाचित   सभापित शर्माले  जानकारी दिनुभयो ।

अनेसास क्विन्सल्याण्ड च्याप्टर अस्ट्रेलिया नेपाली साहित्यप्रेमीहरुको बिश्वब्यापी संजाल “अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज” संग आबद्ध क्विन्सल्याण्ड सरकारमा सामुदायिक संस्थाको रुपमा दर्ता भएको क्विन्सल्याण्डमा रहेका नेपाली भाषा र साहित्य प्रेमीहरुको संस्था हो । यो संस्थाले केहि बर्ष यता ब्रिसबेनमा नियमित रुपमा साहित्यिक गतिबिधि संचालन गर्दै आएको छ ।

साधारण सभामा सभापति शर्माले  संस्थाका कार्यक्रममा विभिन्न रुपमा सहयोग गर्नुहुने व्यक्ति, संस्था र ब्यापारिक प्रतिष्ठानलाई धन्यबाद  दिनुभएको थियो  ।