MENU

मेयर उम्मेदवार केशव स्थापितलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

Keshav Sthapit

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर पदमा एमालेका तर्फबाट उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ।

स्थापितले व्यक्त गरेका कतिपय शब्दबारे आयोगमा उजुरी आएकाले त्यसअनुसार २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको आयोगले जानकारी दिएको हो।

वैशाख १५ गते काठमाडौंको एक कलेजमा भएको कार्यक्रममा स्थापितलाई यौन दुर्व्यवहारसम्बन्धी सोधिकएको प्रश्नमा स्थापितले प्रश्न कर्ताको थुतुनो ठिक नभएको जवाफ फर्काएका थिए। ‘यू आर नाइस लेडी तर थुतुनो ठीक भएन,’ स्थापितले भनेका थिए।

स्थापितले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन साहमाथि पनि विभिन्न आरोप लगाएका छन्।