MENU

होबार्टमा अन्तरसाँस्कृतिक क्रिकेट लिग सम्पन्न

 klm kings Crowned Champions of Hurricanes Champions League Season 5
klm kings Crowned Champions of Hurricanes Champions League Season 5

तास्मानिया । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको प्रायोजन र इन्टर कल्चरल स्पोर्ट लिगको आयोजनामा अन्तर सांस्कृतिक हरिक्यान च्याम्पियन क्रिकेट लिग होबार्टमा सम्पन्न भएको छ ।

तास्मानियाका विभिन्न क्रिकेट खेलमैदानमा पाँच महिनादेखि जारी प्रतियोगतिामा अस्ट्रेलिया सहित साउथ एशियाली देशका १४ वटा क्रिकेट टिम बिच प्रतिस्पर्धा भएको थियो ।

“राज्यकै ठूलो बहुसास्कृतिक खेलकुद प्रतियोगितामा सहकार्य गर्न पाएको गर्व लागेको छ ।” एक्सपर्टका होवार्ट शाखा प्रमुख रषिक श्रेष्ठले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

उक्त क्रिकेट प्रतियोगितामा तास्मानियामा सक्रिय नेपाली क्रिकेट क्लवहरु गोर्खा लेजेन्ट, एक्सपर्ट साउदन रेर्डस र काठमाडौ वारियारले खेलमा प्रतिपर्धा गरेका थिए भने इंन्डिया, बंगलादेश श्रीलंका लगायत साउथ एशियन देशका क्रिकेट टिम बिच कडा प्रतिस्पर्धा भएको थियो ।

सो क्रिकेट खेलमा तास्मानिया राज्यका ‘ए’ ग्रेडका क्रिकेट खेलाडीहरुको पनि सहभागीत रहेको थियो । उक्त क्रिकेट प्रतियोगितामा केएलम किङ्स प्रथम भएको थियो भने तास्मानियन पंजावी सोसाईटी दोस्रो भएको थियो ।

बिजेताहरुलाई तास्मानियाको अन्तराष्ट्रिय क्रिकेट रंगशाला ब्लन्स्टोन एरेनामा एक बिशेष कार्यक्रमका बिच पुरस्कार बितरण गरिएको थियो । समापन सभामा तास्मानियाका महान्यायाधिवक्ता, एलिस आर्चर, क्रिकेट तास्मानियाका सिइओ डोमिनिक बेकर, होबार्ट सिटी काउन्सिलका लर्ड मेयर, सरकारी अधिकारी तथा स्थानीय खेलकुद क्लवका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 klm kings Crowned Champions of Hurricanes Champions League Season 5