MENU

‘ल्याण्ड एण्ड लिज रियल्टी साउथवेष्ट’ को ग्लेनफिल्डमा शाखा बिस्तार

Land and lease Realty Southwest - Glenfield branch launched
Land and lease Realty Southwest – Glenfield branch launched

सिड्नी । नेपाली तथा बंगलादेशी समुदायको स्वामित्व रहेको ‘ल्याण्ड एण्ड लिज रियल्टी साउथवेष्ट’ ले ग्लेनफिल्डमा आफ्नो शाखा विस्तार गरेको छ ।

ग्लेनफिल्ड स्थित ‘७० ए’ रेलवे परेडमा गत शनिबार २७ मार्चका दिन न्यूसाउथवेल्स राज्यका सांसद अनालक चान्टिभङले रिबन काटेर सो शाखाको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि राज्य सांसद अनालक चान्टिभङले अस्ट्रेलियामा नेपालीहरूको उपस्थित बढ्दै जाँदा एकपछि अर्को व्यवसायमा उनीहरूले हात हाल्दै गएकोमा खुशी व्यक्त गर्दै ‘ल्याण्ड एण्ड लिज रियल्टी साउथवेष्ट’ को सफलताको कामना गरे । साथै उनले नेपालीहरू सामाजिक कार्यक्रममा सक्रिय रहेकोमा खुशी व्यक्त गर्दै आफ्नो क्षेत्रमा हुने समुदायका हरेक कार्यक्रममा आफूलाई सम्झिएकोमा धन्यवाद समेत ज्ञापन गरे ।

कार्यक्रममा अतिथि क्याम्बेलटाउन काउन्सिलका काउन्सिलर मसुद चौधरीले दक्षिण एसियाबाट आप्रवासीका रूपमा आएका समुदायले विभिन्न व्यवसायमा हात हालेर प्रगति गरेकोमा सन्तुष्टी व्यक्त गर्दै यसले समुदायमा प्रेरक शिक्षा दिने कुरा उल्लेख गर्दै व्यवसायको सफलताको कामना गरे ।

अतिथि एनआरएनएका क्षेत्रीय संयोजक होम पाण्डेले आफ्नै सहकर्मी साथीहरूले व्यवसायमा हात हालेकोमा खुशी व्यक्त गर्दै ल्याण्ड एण्ड लिज रियल्टी साउथवेष्टले घरजग्गाको क्षेत्रमा नेपाली समुदायमा बढ्दै गरेको व्यवासायिक मागलाई परिपूर्ति गर्दै व्यवसायलाई सेवामूलक बनाउनुपर्नेमा जोड दिए ।

उद्घाटन कार्यक्रममा बोल्दै रमेश पाण्डे, भवानी ओली, डा. किरण थापा, डा. विनोद श्रेष्ठ, राजनकुमार बस्नेत, मेघराज पौडेल, ज्ञानेन्द्र कार्की लगायतले ‘ल्याण्ड एण्ड लिज रियल्टी साउथवेष्ट’ को सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा साउथवेष्ट क्षेत्रका वसोवास गर्ने नेपाली, भारतीय, बंगलादेशी, पाकिस्तानी, अस्ट्रेलियन लगायतका समुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।

‘ल्याण्ड एण्ड लिज रियल्टी साउथवेष्ट’ले उक्त क्षेत्रमा जग्गा र घर खरिद तथा घर भाडामा लगाउन ग्रहकको रूची अनुसार सेवा र सहयोग गरिने निर्देशक प्रेम शाहले नेप्लिज अस्ट्रेलियनलाइ बताए ।

ल्याण्ड एण्ड लिजका निर्देशक प्रेम शाहले संचालन गरेको सो कार्यक्रममा प्रिन्सिपल मिट्ठु चौधरीले प्रमुख अतिथि, अतिथि लगायत उपस्थित समुदायलाई धन्यवाद ज्ञापन गरेका थिए ।