MENU

कोरोना संक्रमणबाट न्यु साउथ वेल्समा २० बर्षिय युवकको निधन; क्विन्सल्यान्डमा १६ स्थानीय संक्रमित

Greater Sydney restrictions
सिड्नी । न्यु साउथ वेल्स राज्यमा कोराना भाइरसको संक्रमणको कारण एक २० बर्षिय युवक सहित दुई जनाको निधन भएको छ ।

राज्यमा दुई सय ३३ जना नयाँ स्थानिय संक्रमितहरु देखिएका छन् । राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनका अनुसार सोही अवधिमा राज्यभर १०५,००० नागरिकहरूको कोभिड–१९ परीक्षण भएको थियो ।

कोरोनाभाइरस सङ्क्रमित भएर गए राती मृत्यु भएका भनिएका युवकका परिवारलाई समवेदना व्यक्त गर्दै प्रिमियरले भनिन् कि यो रोग कत्तिको घातक छ भनेर यस पछिल्लो घटनाक्रमबाट प्रस्ट हुन्छ ।

उनले भाइरसद्वारा सबै उमेरका मानिसहरूलाई प्रभावित गर्ने बताउँदै ती युवकले कोभिड–१९ विरुद्धको खोपको कुनै मात्रा नलगाएको पनि पुष्टि गरिन् ।
डेल्टा भेरिएन्टद्वारा अति प्रभावित आठ काउन्सिल क्षेत्रकाका विद्यार्थीहरूलाई आगामी ९ तारिखदेखि फाइजर खोप दिन थालिने पनि बेरिजिक्लियनको भनाई रहेको छ ।  न्यु साउथ वेल्समा काेभिड बारे थप जानकारीकाे लागि याे लिंकमा जानुहाेस् ।

क्विन्सल्यान्डमा १६ जना स्थानीय संक्रमित

क्विन्सल्याण्ड राज्यमा कोरोना भाइरसको १६ जना स्थानिय सामुदायमा संक्रमित देखिएका छन् ।

एउटा सङ्क्रमणको घटना बाहेक बाँकी सम्पूर्ण मामिलाहरू हाल लकडाउनमा रहेका ११ काउन्सिल क्षेत्र भित्र नै रहेको पनि सरकारी भनाई छ।

इन्दुरूपिल्ली डेल्टा क्लस्टरसँग सम्बन्धित नरहेका सङ्क्रमित भने पूर्ण रूपमा कोभिड–१९ विरुद्धको खोप लगाइसकेका एक जहाजका चालक रहेको पनि स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।

राज्यका डेपुटी प्रिमियर स्टिभन माइल्सले ब्रिसबेनमा बुधवार आयोजित कोभिड–१९ अपडेट सम्बन्धी पत्रकार सम्मेलनका क्रममा अत्यावश्यक बाहेक अन्य कामका लागि घरबाट ननिस्कन मानिसहरूलाई आग्रह  गरेका थिए ।

क्विन्सल्याण्ड राज्यमा कोरोना भाइरसको बारे थप जानकारीकाे लागि याे लिंकमा जानुहाेस् ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियामा १२-१५ बर्षका बालबालिकालाई फाइजर खोप लगाउन अनुमति