MENU

अस्ट्रेलियामा १२-१५ बर्षका बालबालिकालाई फाइजर खोप लगाउन अनुमति

ATAGI statement regarding vaccination of adolescents aged 12–15 years
Australian Technical Advisory Group on Immunisation (ATAGI) approves Pfizer vaccine for aged 12–15 years old.

सिड्नी । अस्ट्रेलियाको खोप सम्बन्धी प्राबिधिक सल्लाहकार समुह (एटिएजीआई) ले १२ देखि १५ बर्ष उमेर सहुहका बालबालिकाहरुलाई फाइजर खेप लगाउन अनुमति दिएको छ ।

एटिएजीआई ले यो उमेर समुहका बालबालिकाहरुमा खोपको प्रभावकारिता र सुरक्षको बारेमा उपलब्ध तथ्याङ्कहरुको बिष्लेषण गरेपछि यो निर्णय गरेको हो ।

बिशेष मेडिकल कन्डिसन भएका बालबालिकाहरु कोभिडको उच्च जोखिममा रहेकाले त्यस्ता बालबालिकाहरुमा पनि खोपले पार्ने असर र प्रभावकारिताको बारेमा एटिएजीआई ले उपलब्ध प्रमाणहरु बिष्लेशण गरेको छ ।

एटिएजीआई ले १२ देखि १५ बर्ष उमेर समुहका निम्न बिशेष अवस्था भएका बालबालिकाहरुलाई खोपको लागि प्राथमिकतामा राखेको छ ।

  • बिशेष मेडिकल कन्डिसन दम, मधुमेह, मोटोपन लगाएता भएका बालबालिकाहरु कोभिडको उच्च जोखिममा रहेकाले खोपका लागि पहिलो प्रथमिकतामा रहेका छन् ।
  • एबोरजिनल र टोरेस स्टेट आइल्यान्डर १२ देखि १५ उमेर समुहका बालबालिकाहरु ।
  • दुर्गम भेगमा बस्ने १२ देखि १५बर्ष उमेर समुहका सबै बालबालिकाहरु

एटिएजीआई ले १२ देखि १५ बर्ष उमेर समुहका अन्य आम बालबालिकाहरुले पनि खोप लगाउने बिषयमा  आउने महिनाहरुका उपलब्ध तथ्याङ्क र जानकारीहरुको आधारमा सिफारिस गर्नेछ ।

थप जानकारीको लागि यो लिंकमा जानुहोस् ।

याे पनि पढ्नुहाेस् ।

एन आर एन ए अस्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ्ग विजयी, संघलाई साझा बनाउने प्रतिबद्ता