MENU

विश्व कीर्तिमान आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

Record-holder climber Angrita Sherpa

काठमाडौं– सरकारले सोमबार मृत्यु भएका पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले जानकारी दिए।

बिना कृत्रिम अक्सिजन १० औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल शेर्पाको आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको हो।

उनको निधनमा राष्ट्रपति, प्रधानमन्त्री लगायतले दुःख व्यक्त गरेका थिए। उनी ‘हिमचितुवा’का नामले परिचित थिए। उनले सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गरेका थिए।

उनले सन् १९९६ मा बिना कृत्रिम अक्सिजन अन्तिम पटक सगरमाथामा पाइला टेकेका थिए।