MENU

बक्तृत्वकला प्रतियोगिताको प्रथम पुरस्कार रमेश कडरियालाई

Ma Pani Bolchu Debate competition Sydney

सिड्नीमा आयोजना भएको म पनि बोल्छु शिर्षकको बक्तृत्वकला प्रतियोगिताको प्रथम पुरस्कार रमेश कडरियाले जितेका छन् ।

आइतवार २१ मार्चमा ग्रेनभिलमा भएको यो प्रतियोगितमा सहभागि ११ जना प्रस्पिर्धीलाई पछि पार्दै कडरियाले ७०० डलर नगद पुरस्कार सहित ट्रफि र प्रमाणपत्र जतेका छन् ।

स्टुडेन्ट भाइब्सले आयोजा गरेको यो प्रतियोगितामा द्वितिय र तृतीय स्थान क्रमशः अनिता पौडेल र भुवन तिमल्सिना हासिल गरेका थिए । दृतिय हुने तिन सय नगद सहित ट्रफि र प्रमाणपत्र र तृतिय हुनेले दुई सय नगद सहित ट्रफि र प्रमाणपत्र पुरस्कार पाएका थिए ।

“अस्ट्रेलियामा सिकेको सीप र ज्ञानलाई नेपालमा भित्राउ युवाको भुमिका” विषयमा प्रतियोगीले आफ्ना विचार राखेका थिए ।बक्तृत्वकला प्रतियोगिताको निर्णायकहरुमा मन केसी, रन्जु थापा वाग्ले, भिमशेन सापकोटा, बिनोद पौडेल र अनु रेग्मी रहेका थिए ।

अस्ट्रेलियामा अध्ययनरत नेपाली युवा विद्यार्थीहरुको नेतृत्व बिकास गर्न र सृजनशिल बन्न मद्दत गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको स्टुडेन्ट भाइबका ब्यवस्थापक बद्रि बरुवाले नेप्लिज अस्ट्रेलियनलाई बताए । इभेन्ट म्यानेजर मदन कोइरालाका  अनुसार आगामी बर्ष अझै भब्य र धेरै सहभागितामा यो कार्यक्रम गरिने छ ।

कार्यक्रममा एन आर एन उपाध्यक्ष देब गुरुङ, प्रवक्ता नन्द गुरुङ, एका अध्यक्ष भुपाल सिटौला लगाएत धेरै दर्शकहरुको सहभागिता थियो ।

याे पनि पढ्नुहाेस् ।

Campaign to Raise Awareness of Problem Gambling in Nepalese Community