MENU

अस्ट्रेलियामा पानीको वरिपरि रहँदा सुरक्षित रहने बारे सोच्नुहोस् 

Rishi Acharya
Editor at Nepalese Australian
Make Safe Decisions Around Australian Water
Make safe decisions around Australian water, wear a life jacket, avoid going alone, avoid alcohol and keeping our community safe

अस्ट्रेलियामा अहिले गर्मीयाम छ । हामी अस्ट्रेलियाका सुन्दर बीचहरु, यहाँका समुद्रि तटहरु, ताल, पोखरी र नदीहरुमा पौडी खेलेर वा माछा मारेर पानीमा रमाउन चाहन्छौ ।

पानीमा मनोरञ्जन दिने क्रियाकलापहरु गर्दा सुरक्षाका उपायहरु नअपनाउँदा ज्यानै जाने दूर्घटनाहरु बिगतमा भएका छन् ।

अझ भुपरिबेष्ठीत देशबाट आएका हामी नेपालीहरु अस्ट्रेलियाको समुन्द्र र अन्य वाटर वेजहरुको बरेमा अनभिज्ञ हुँदा डुबेर मृत्युहुने जोखिम बढी छ ।

त्यसैले हामीले हाम्रा साथीहरू र परिवारलाई पानीमा डुब्नबाट बचाउन केही कुराहरुमा सचेत रहनु पर्दछ ।

सुरक्षित रहनको लागि, हामीले पानीको वरिपरि मदिरा अथवा लागुऔषद प्रयोग गर्नुहुन्न । यसले हाम्रो सोचाइ र प्रतिक्रियालाई असर गर्न सक्छ जुन पानी भित्र र वरपर रहँदा खतरापूर्ण हुन्छ र पानीमा डुब्ने जोखिन बढ्छ ।

यदि हामी माछा मार्दैछौं वा डुंगामा छौ भने, सबैले लाईफज्याकेट लगाएको हुनुपर्छ, लाईफज्याकेटले जीवन बचाउँछ ।

पानीको वरपर हाम्रो साथीहरू र परिवारका सदस्यहरु छन् भने हामी उनीहरुको नजिकै रहनु पर्छ, उमेर वा अनुभबी भए पनि हामीले कसैलाई कहिल्यै पानीमा एक्लै छोड्नु हुँदैन ।

अस्ट्रेलियामा डुब्ने जोखिममा पर्ने व्यक्तिमा अधिकांश वयस्क पुरुषहरू छन् । बिगतका बर्षहरूमा गर्मीयाममा नेपाली समुदायका केही वयस्क पुरुषहरू डुबानमा परेर ज्यान गुमाउनु भएको थियो, त्यसैले यस गर्मीमा अस्ट्रेलियामा पानीको वरिपरी रहँदा सुरक्षित रहने बारे सोच्नुहोस् ।

पानीको वरिपरी रहँदा सुरक्षित रहने बारे निम्न कुरा बारे सोच्नुहोस्

  • पानीको वरिपरि रहँदा मदिरा र लाघुऔषधको सेवन नगरौ ।
  • माछा मार्दा अथवा डुंगामा रहँदा सधै लाइफ ज्याकेट लगाऔ ।
  • पानीको वरिपरि रहँदा कसैलाई एक्लै नछोडौ ।
  • हाम्रो समुदायलाई सुरक्षित राखौ ।

थप जानकारीकाे लागि रोयल लाइफ सेभिङ् अस्ट्रेलियाको  www.royallifesaving.com.au याे वेभसाइट हेर्नु हाेला । नेप्लिज अस्ट्रेलियनरोयल लाइफ सेभिङ् अस्ट्रेलियाले  पानीमा डुबेर हुने दुर्घटनाबाट सुरक्षित बारेमा याे अभियान संचालन भएकाे हाे ।