MENU

भिक्टोरिया राज्यमा लकडाउन एक साता थपियो

Melbourne lockdown to be extended as state records six new local cases; state’s regional area restrictions eased

मेलबर्न । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरो भाइरस (कोभिड-१९)को संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउन एक साता थपिएको छ ।

भिक्टोरियामा भारतमा भेटिएको कोरोनाको नयाँ भेरियन्ट फेला परेसँगै यसअघि एक साताको लागि लकडाउन गरिएको थियो । तर, दिनहुँ कोरोनाका नयाँ संक्रमति देखिइरहेपछि उक्त लकडाउन एक साताका लागि थप गर्न लागिएको हो।

अब भिक्टोरियामा जुन १० सम्म लकडाउन जारी रहनेछ । अहिले पनि मानिसहरु कोरोनाबाट संक्रमित भइरहेको कारण लकडाउन थप एक साता लम्ब्याउने निर्णय भएको बताएका छन् । राज्यकाे रिजनल क्षेत्रमा भने लकडाउन अलि खुकुलो पारिएको छ ।

बुधबार मात्र भिक्टोरियामा कोरोनाका ६ नयाँ स्थानीय संक्रमित फेला परेका थिए । ‘मलाई थाहा छ कि सबैले सुन्न चाहेको समाचार यो होइन । तर, हामीमाझ बढिरहेको कोरोना संक्रमणबीच सरकारसँग कुनै विकल्प पनि बाँकी छैन’, भिक्टोरियाका कार्यवाहक प्रिमियर जेम्स मिर्लनोले बताए ।

‘हामीले लकडाउन गरेनौं भने अवस्था हाम्रो नियन्त्रण भन्दा बाहिर जान्छ । कोरोनाको यो भेरियन्ट नियन्त्रण गर्न नसकिने अवस्थामा पुग्छ र मानिसहरुको मृत्यु हुन थाल्छ’, उनले थपे ।

अबको थप एक साता भिक्टोरियामा मानिसहरु आवश्यक कामबाहेक बाहिर निस्किन पाउने छैनन् । कोरोनाको महामारी आएपछि भिक्टोरियामा चौथोपटक लकडाउन गरिएको हो ।