MENU

पश्चिम सिड्नीमा मानसिक स्वास्थ्य प्राथमिक उपचार तालिम सम्पन्न

Nepalese Community Members from Western Sydney attending mental health first aid course.
Nepalese Community Members from Western Sydney attending mental health first aid course.

सिड्नी । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया (एनआरएनए) न्यु साउथ वेल्स राज्य संयोजन समिति र अस्ट्रेलिया नेपाल पब्लिक लिंकको संयुक्त आयोजनामा दुईदिने मानसिक स्वास्थ्य प्राथमिक उपचार (मेन्टल हेल्थ फस्ट एड) तालिम सम्पन्न भएको छ ।

तालिमको मेम्बर फर ग्रेनभिल जुली फिन र कम्बरल्याण्ड काउन्सिलका मेयर स्टिभ क्रिस्टुले सुभारम्भ गरेका थिए ।

एनआरएनए उपाध्यक्ष देब गुरुङका अनुसार तालिममा पश्चिम सिड्नीका बिभिन्न सवअर्वमा बसोवास गर्ने १० जना नेपालीहरुले भाग लिएका थिए ।

“तालिमले समुदायमा कसैलाई मानसिक समस्या भए त्यसको पहिचान गर्न र उपाचरको लागि बाट देखाउन मद्दत गर्ने आशा गरेका छौ ।”  उपाध्यक्ष गुरुङले भने, “मानसिक समस्या भएकाहरुले मात्र यो तालिम लिने भन्ने गलत बुझाइको कारण अझै धेरै सहभागि तालिममा आकर्षित हुन सकेका छैनन् ।”

सन् २०१६ देखि अस्ट्रेलिया नेपाल पब्लिक लिंकले नेपाली समुदायको लागि मेन्टल हेल्थ फस्ट एड तालिम संचालन गरिरहेको छ ।

संस्थाका पूर्व अध्यक्ष एवं मेन्टल हेल्थ फस्ट एड प्रशिक्षक भरत नेपालका अनुसार अहिले सम्म अस्ट्रेलियाका बिभिन्न राज्यहरुमा गरेर एक सय २० जना भन्दाबढीले यो तालिम लिइसकेका छन् । नेपालले भने, “समुदायमा मानिसिक स्वास्थ्यको समस्या भएकाहरुको पहिचान र सेवामा पहुँचको लागि यो तालिम आवश्यक छ ।”

नेपलका अनुसार भिक्टोरिया राज्यमा चाँडै दुइदिने तालिम संचालन हुँदैछ ।

यो तालिम कार्यक्रमको संयोजन एन आर एन ए न्यु साउथ वेल्स राज्य संयोजन समितिका उपाध्यक्ष चुना क्षेत्रीले गरेका थिए भने सह सचिव तिर्थराज कार्कीले ब्यवस्थापनमा सहयोग गरेका थिए ।

यदि तपाई या अरु कसैलाई तत्काल  सहायता चाहिएको छ भने निम्न स्थानमा फोन गर्न सक्नुहुन्छ ।

Lifeline: 131114
Kids Helpline: 1800551800
Mensline Australia: 1300 7899 978
Sucide call Back serive: 1300 659 467
Beyound Blue: 1300 22 4636
Headspace: 1800650890