MENU

अस्ट्रेलियामा मानसिक स्वास्थ्य समस्या काहाली लाग्दो -प्रोडक्टिभिटी कमिसन

mental health australia

क्यानबेरा — प्रत्येक वर्ष गम्भीर प्रकृतिको मानसिक स्वास्थ्य समस्या देखिएका करिब १० लाख अस्ट्रेलियालीले उपचारै नगराउने गरेको अनुसन्धानले देखाएको छ । 

 

यी मानसिक स्वास्थ्यका बिरामी उपचार नगराई बस्ने गरेको रहस्य पनि अनुसन्धानबाट पत्ता लागेको अधिकारीहरूले जनाएका छन् ।

 

‘प्रोडक्टिभिटी कमिसन’ को अनुसन्धानबाट मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिए पनि बर्सेनि ठूलो संख्याका अस्ट्रेलियालीले उपाचार नै नगराएको खुलेको हो ।

 

अनुसन्धान अधिकारीका अनुसार अस्ट्रेलियामा अहिले पनि करिब ४० लाख मानिस मानसिक स्वास्थ्य समस्याबाट पीडित छन् । उनीहरूमा कतिपयमा गम्भीर प्रकृतिको मानसिक रोग छ भने केहीमा डिप्रेसन, मानसिक त्रास, चिन्तालगायतका समस्याबाट पीडित रहेका छन् । 

 

यी बिरामीमध्ये करिब ३० लाख नागरिक स्वास्थ्य उपचारका लागि पहुँचमा रहने गरेका छन् । उनीहरूलाई उपचारको पहुँच हुने गरेको बताइएको छ ।

 

अस्ट्रेलियामा मानसिक स्वास्थ्यको उपचार खर्चमा पनि भारी मात्रामा वृद्धि भइरहेको छ । न्यून स्वास्थ्य बजेटका कारण पनि उपचारको पहुँचसम्म मानिस पुग्न नसकेको उक्त अनुसन्धानबाट पत्ता लागेको छ ।

 

अनुसन्धानका अनुसार हरेक दिन कम्तीमा पनि ३४ करोड ५० लाख अमेरिकी डलर बराबरको खर्च मानसिक स्वास्थ्य समस्याको उपचारमा लाग्ने गरेको छ ।

 

 यो खर्च महँगो भएकोले यहाँको स्वास्थ्य उपचारसम्बन्धी नीतिमा परिमार्जन गर्नुपर्ने सुझाव पनि उक्त अनुसन्धान प्रतिवेदनले दिएको छ ।

 

तपाइलाइ सहयोग चाहिएमा निम्न नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

 

Lifeline Australia 13 11 14

Suicide Call Back 1300 659 467

Kids Help Line 1800 551 800

BeyondBlue 1300 224 636

eHeadspace 1800 650 890

Carers Australia 1800 242 636