MENU

मल्टी डायनामिक रियलस्टेट एडिलेडमा पनि बिस्तार

Multi Dynamic Real Estate launch Adelaide Branch

एडिलेड । मल्टी डायनामिक रियलस्टेटले साउथ अस्ट्रेलियामा पनि आफ्नो सेवा बिस्तार गरेको छ ।

साउथ अस्ट्रेलियाको पुर्व सभामुख रसेल वाट्लेले एक कार्यक्रमबीच एडिलेडको नर्थ फिल्डमा रियलस्टेटको कार्यालय उद्घाटन गरेका थिए ।

अस्ट्रेलियाको सिड्नीमा चार स्थान, मेलवर्न, क्यानबेरामा कार्यालय भएको रियलस्टेटले केहि समयमै ब्रिस्बेनमा समेत कार्यालय खोल्ने तयारी गरेको छ ।

उद्घाटन कार्यक्रममा साउथ अस्ट्रेलियाका लागि नेपाली महाबाणिज्यदुत दिपक धमला, कम्पनीका मुख्य कार्यालयका निर्देशकहरु विजय पौडेल, विष्णुप्रभात सापकोटा र मेघराज पौडेललगायत एडिलेडका व्यवसायी तथा सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।

अस्ट्रेलियाका मुख्य शहरहरुमा लामो समय देखि सेवा दिदै आएको रियलस्टेटले सेवाग्राहिहरुलाई घर खरिद बिक्री तथा भाडामा लिने दिने काममा सहयोग गर्ने कम्पनीका साउथ अस्ट्रेलिया क्षेत्रिय कार्यालयका डाईरेक्टर सुजन अधिकारीले जानकारी दिए ।

नेपाली लगायत सबै समुदायका व्यक्तिहरुलाई सेवा पुर्याउने उद्देश्यले बहुसाँस्कतिक पृष्टभुमीको टीम बानाएको अधिकारीले बताए ।