MENU

‘नेपाली समुदायको पहुँच बढाउन पहल गर्छु’ तास्मानिया मल्टिकल्चरल काउन्सिलका सदस्य सन्देश परियार

New Elected Executive Committee of Multicultural Council of Tasmania
Newly Elected Executive Committee of Multicultural Council of Tasmania Photo: MCOT

होबार्ट । तास्मानिया मल्टिकल्चरल काउन्सिलको वोर्ड सदस्यमा निर्वाचित भएका सन्देश परियारले नेपाली भाषा कक्षाको बिस्तार देखि राज्यमा सामुदायीक भवन निर्माणको पहललाई अगाडी बढाउने बताएका छन्।

काउन्सिलको चार जना बोर्ड सदस्यका लागि २५ जनाले उम्मेद्वारी दिएका थिए । तर, उनीहरुलाई उछिन्दै गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, तास्मानिया राज्यका संयोजक समेत रहेका परियार वोर्ड सदस्यमा निर्वाचित भएका थिए ।

काउन्सिलका नव निर्वाचित सदस्य परियारले भने नेपाली समुदायको तास्मानिया राज्यसरकारसँग बिस्तारै पहुँच बढ्दै गएको छ यसलाई हामीले समुदायको हितमा प्रयोग गर्नुपर्छ ।  सरकारी निकायले बहुसांस्कृतिक समुदायलाइ  उपलब्ध गराउने अनुदानहरूमा नेपाली समुदायलाइ सुचना प्रवाह  गरि  प्राेत्साहीत  गर्ने तथा तास्मानियामा नेपाली कला र संस्कृतिकाे  प्रमाेसनका  लागि भुमिका खेल्ने उनले बताए ।

तास्मानियामा स्थायी बसोवास पीआरका लागि बिभिन्न राज्यबाट नेपालीहरु बसाई सर्नेक्रम बढ्दो छ । यो राज्यामा करिव १० हजार नेपालीहरु रहेको अनुमान गरिन्छ । बढ्दो जनसंख्यासँगै समुदाय भित्र धेरै कुराहरु चाहिने हुन्छ ।  आफ्नै सामुदायीक भवन देखि लिएर नेपाली भाषाको विद्यालय विस्तार तथा यहाँका विद्यालयमा एउटा नेपाली कक्षा संचालनका लागि काउन्सिलमा बसरे पहल गर्ने योजना रहेकोे सन्देशले सुनाए ।

को हुन सन्देश

नेपालको दमकमा जन्मेका सन्देश परियार ३८, सन् २००९ मा अस्ट्रेलिया आउदा २५ बर्षका थिए । नेपाल देखिनै संगीतमा रुची राख्ने उनी अस्ट्रेलियामा पनि म्यूजिकनै पढे र त्यही बिषयबाट पीआर पाए ।

Sandesh Pariyar Newly Elected Executive Committee Member of Multicultural Council of Tasmania
Sandesh Pariyar Newly Elected Executive Committee Member of Multicultural Council of Tasmania Photo: MCOT

सिड्नीमा रहदा उनी वुलबर्थको एउटा शाखामा म्यानेजर थिए । सन् २०१६ मा सिड्नीबाट तास्मानिया बसाई सरेका उनी त्यहाँ समुदायको सहयोगमा सक्रिय भए ।

तास्मानियामा जागिरे दैनिकीलाई विट मारेर उनी ब्यापार तिर हात हाले । ब्याक्तिगत कामभन्दा समुदायको काममा बढी समय खर्चने सन्देश हाल गैर आवासीय नेपाली संघ तास्मानिया राज्यका संयोजक पनि हुन भने ग्लेनाेर्की सिटी काउन्सिल आर्ट एण्ड कल्चर  सल्लाहकार समितिका सदस्य  हुन् ।

के हो बहुसाँस्कृतिक परिषद

तास्मानियाको मल्टिकल्चरल काउन्सिल साँस्कृतिक र भाषिक हिसाबले विविध र सामंजस्यपूर्ण तस्मानिया हो । जुन न्यायसंगत, निष्पक्ष र समावेशी हो । जहाँ विभिन्न पृष्ठभूमि भएका मानिसहरूलाई तस्मानियाकाे समाजमा भाग लिने र योगदान पुर्याउने अवसर हुन्छ । समुदाय आधारित, सदस्य संचालित संगठन हो जुन विविध र बहुसांस्कृतिक पृष्ठभूमिबाट मानिसहरुको आवाज उठाउन सहज बनाउछ ।

परिषदले मानवअधिकार, सामाजिक न्याय, सम्मान, समानता र बहुसांस्कृतिक समुदायहरूको सम्मानका लागि वकालत र लबी गर्छ । सँस्कृति, भाषाहरू र बहुसाँस्कृतिक मुद्दाहरू प्रबर्द्धन गरेर समावेशी समाज निर्माण  गर्न याे परिषदले कामगर्दै आएको छ । परिषादले आवअगन्तुक  र शरणार्थीहरूको पक्षमा बोल्नेगर्छ ।

परिषदमा सांस्कृतिक र भाषिक हिसाबले विविध पृष्ठभूमि भएका तस्मानियाका बासिन्दाहरू, शरणार्थी पृष्ठभूमि भएका व्यक्तिहरू, अन्तर्राष्ट्रिय विद्यार्थीहरू र आप्रवासीहरू अटाउन सक्नेछन् ।