MENU

डार्बिनमा मे २९ मा नेपाल फेस्टिभलः २० हजार दर्शक सहभागि हुने अनुमान

डार्बिन । अस्ट्रेलियाको टप इन्ड डार्बिनमा यही मे २९ शनिवार नेपाल फेष्टिभल २०२१ हुने भएको छ ।

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नर्दन टेरिटोरी राज्य संयोजन समितिको आयोजना र स्थायिन नेपाली समुदायको सहकार्यमा यो फेष्टिभल हुन लागेको हो ।

एन आर एन ए उपाध्यक्ष एवं एनटी संयोजक हेम पुनले नेप्लिज अस्ट्रेलियनसँगकाे कुराकानीमा बताए अनुसार डार्बिन शहरको प्रमुख पर्यटकिय क्षेत्र ‘वाटर फन्ट’मा शनिबार २ बजे देखि राति १० बजे सम्म यो फेटिभल चल्लने छ ।

नेपाल हाउस, भर्च्युल नेपाल टुर, साँस्कृतिक झाँकी र खानाका परिकारहरु

संयोजक हेम पुनका अनुसार महोत्सवको मुख्य आकार्षण नेपाल हाउनस हुने छ । पुन भन्छन् , “९ वटा सेक्सन रहेको नेपाल हाउस एक मिनि नेपाल हुँनेछ । जहाँ नेपालको परम्परा, चाडपर्व, धर्म, सँस्कृति, नेपाली भाषाको लिपि देखि बाजा र हस्तकलाका समानहरु देख्न सकिन्छ ।”

महोत्सबमा भर्च्युल नेपाल टुर, फोटो बुथ र बालबालिकाहरुको लागि फेस पेन्टिङको पनि ब्यवस्था गरिएको छ ।
कार्यक्रममा स्थानिय कलाकारहरुले दर्जनौ प्रस्तुतिदिने बताईएको छ । गायन, नृत्य र पूर्व मेची देखि पश्र्चिम महाकली र हिमाल तराई सम्मका कला सँस्कृति र भोषभुशा झल्कने कल्चरल परेड पनि स्टेजमा देख्न सकिने छ ।

महोत्सवमा खानका र ब्यवसायिक स्टलहरु रहने छन् । १० देखि २० हजार सम्म दर्शकहरु महोत्सभा सहभागि हुने अनुमान गरिएको पुनले बताए ।

मुख्यमन्त्री र संघिय साम्सद प्रमुख अतिथी

कोराना महामारिको प्रकोपलाई कुशल ब्यवस्थापन गरेको नर्दन टेरिटोरिमा जनजीवन प्रय सामन्य भएको छ । नेपाल फेष्टिभलमा सहभागि हुन ४० भन्दा बढी अतिथीहरुलाई निमान्त्राण गरिएको छ । राज्यका मुख्य मन्त्री माइकल गनर, संघिय साम्सद लुक गोस्लिङ, बहुसास्कृतिक मन्त्री, डार्बिन सहरका मेयर लगाएत बिभिन्न राज्यहरुमा रहेका एन आर एन ए अभिन्यान्ताहरुलाई निमन्त्रणा गरिएको छ ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियाको संघिय बजेट २०२१ः तपाईको लागि के के कुरा महत्वपूर्ण छ ?