MENU

अस्ट्रेलियाको संघिय बजेट २०२१ः तपाईको लागि के के कुरा महत्वपूर्ण छ ?

Chura Mani Belbase
Qualified CPA, Registered Tax Agent

Australian Federal Budget 2021 What is important for you

अस्ट्रेलियाका ट्रेजरर  जोस फ्राइडेनबर्गबाट २०२१ को बजेट “रोजगारी मार्फत आर्थिक रिकभरी” को नाराका साथ आएको छ।

यो बजेट आगामी बर्षहरुमा लागुहुने गरि तयार गरिएको आम्दानी र खर्चको राष्ट्रिय योजना हो र यसले अबको अर्थतन्त्र कसरी हाकिन्छ भन्ने कुराको बाटो निर्धारण गर्दछ।

बजेट सरकारले बनाउने फिस्कल पोलिसी संग सम्बन्धित भएको र यसले देशको अर्थतन्त्रमा सिधा प्रभाब पार्ने भएकोले पनि कोभिड १९ बाट पार पाउदै सुधारीदै गएको अर्थतन्त्रको लागी यस बर्षको बजेट महत्वपूर्ण छ। हुनत मिति पुगेपछि मात्र चुनाब भएको खण्डमा अझै एउटा बजेट बाँकी छ तर हालसम्म कोभिडलाई एकदमै प्रभावकारी तरिकाले नियन्तरण गर्न सफल भएकोले बर्तमान सरकारले जुन विश्वास जनमानसबाट लिन सफल भएको छ यहि रप्तारलाई अर्को चुनाबसम्म कायम राख्नको लागि कोभिडको कारणले आक्रान्त भएको अर्थतन्त्रलाई थुप्रै कुराहरुले साथ दिएको देखिएता पनि अझै केहि सेक्टरहरु उठ्न सक्ने अवस्था नदेखिएकोले कोभिडपूर्वको अवस्थामा लैजानु निकै चुनौतीपूर्ण देखिन्छ।

त्यसकारण पनि अर्को चुनाबको बजेट भन्दा अगाडी नै अर्थतन्त्रलाई मजबुत पार्ने  गरि राजनैतिक र आर्थिक रणनीतिका साथ ल्याईएकोले यो बजेटलाई सिधै राम्रो छ भनेर स्वीकार गर्न अप्ठेरो लाग्नेहरुको लागी सरकारको प्रि-इलेक्सन रणनीति हो भन्न मिल्ने जस्तो पनि देखिन्छ।

रोजगारदातालाई जब किपर पेमेन्ट र काम खोज्नेको  लागि जब सिकर पेमेन्ट, २०,००० सम्म सुपर निकाल्न पाउने अनुमति,पहिलो घर किन्नको लागि प्रदान गरिएको अनुदान, स्टाम्प ड्युटी मिनाहा आदी साथै सरकारी स्तर बाट भएको पुर्वाधार एबं अन्य निर्माणमा भएको खर्चले देशको  इकोनोमीमा क्यासफ्लोको कमी हुन पाएन

सरकारले कोभिडको बेला समयमै बढो प्रभाबकारी ढंगले रोजगारी बचाउनको लागी भरमग्दुर कोशिस गर्यो उदाहरणको लागि रोजगारदातालाई जब किपर पेमेन्ट र काम खोज्नेको  लागि जब सिकर पेमेन्ट, २०,००० सम्म सुपर निकाल्न पाउने अनुमति,पहिलो घर किन्नको लागि प्रदान गरिएको अनुदान, स्टाम्प ड्युटी मिनाहा आदी साथै सरकारी स्तर बाट भएको पुर्वाधार एबं अन्य निर्माणमा भएको खर्चले देशको  इकोनोमीमा क्यासफ्लोको कमी हुन पाएन  जसले गर्दा इकोनोमी अनुमान गरेको भन्दा कम हर्ट भयो र फलस्वरुप हर्ट कम भएको कारणले रिकोभरि पनि अनुमान गरिए भन्दा छिटो हुदैछ।

परिणामस्वरुप यस बर्षको बजेट घाटा अनुमान गरिएभन्दा निकै कम छ साथै बेरोजगारीको रेट पनि अनुमान गरिए भन्दा छिटो सुधार भएको छ र यसलाई ५% भन्दा कममा झार्ने उदेश्य लिइएको छ। साथसाथै आर्थिक रिकोभरि पनि दुर्त गतिमा सुधारउन्मुख छ।

माथी उल्लेख  गरिएझै सरकारले कोभिडको बेला रोजगारी बचाउन त भरमग्दुर कोशिस गर्यो तर कन्ट्रोल भन्दा बाहिर भएका क्षेत्रहरु जस्तोकी  अन्तरास्ट्रिय उड्डयन, टुरिजम, होस्पिटालीटी र अन्तरास्ट्रिय बिधार्थीहरुमा भर पर्ने शैक्षिक संस्थाहरु नराम्ररी मारमा परे।

यस बर्षको बजेट रोजगारी मार्फत इकोनोमिक रिकोभरी अर्थात “रोजगारीका माध्यम बाट देश निर्माण गरौ” को  मुल नाराका साथ आएको छ। यो बजेटमा इन्फ्रास्टक्चर संबन्धित खर्च, रोजगारी उन्मुख तालिम, अशक्तहरू र मानसिक रोगीहरुको लागि कोष आदीलाई बिशेष महत्व दिईएको छ।

तर मारमा परेका क्षेत्रको लागि उकास्ने गरी खासै ठोस कार्यक्रम र बजेट बिनियोजन गरेको देखिएन। यस अर्थमा बल्ने दाउरालाई मात्र ध्यान दिइयो चिसो दाउरा पनि एक दिन सुक्छन र बाल्न पाईन्छ भन्नेतिर ध्यान गएको देखिएन।

यो बजेटमा नयाँ कुराहरु के छन त ? प्रस्तुत गर्नै थुप्रै समय लागेको बजेटमा थुप्रै कुराहरु छन् तर मुख्य मुख्य मात्रै।

१ ट्याक्स अफसेट:

निम्न र  मध्यम स्तरको आम्दानी भएका करदाताहरुले बढिमा $१०८० सम्मको ट्याक्स अफसेट पाउने भएका छन, यो नयाँ त होइन तर गत बर्षनै लास्ट भनिएको थियो फेरि म्याद थपेर निरंतरता दिईयो।

२.पुर्वाधारमा निकै खर्च:

आगामी दशबर्ष भित्रमा १५.५ बिलियन डलर खर्च गर्ने र यसबाट विकासको काम हुनुको साथै ३०,००० भन्दा बढी रोजगारी सिर्जना गरिने उल्लेख छ।

३.चाईल्डकेयर सब्सिडीज:

छोराछोरीहरु साना भएका र उनीहरुलाई  चाईल्डकेयरमा राखेर काम गर्ने परिवारको लागि हालसम्म फेम्लीको वार्षिक आम्दानी $१८९,३६० भन्दा बढी भएमा अधिकतम सब्सिडी $१०,५६० मात्र थियो, तर यो बर्षको बजेटबाट यो क्यापलाई हटाईएको छ। जसले हाम्रो कम्युनीटीका मेहनती तर बच्चा चाइल्डकेअरमा राख्न बाध्य भएका परिवारले राहत पाउन सक्ने देखिन्छ।

४.महिलाहरुमा हुने घरेलु हिंसा रोकथाम कोष:

अस्ट्रेललियन महिलाहरु माथि हुने यौन तथा घरेलु हिंसा, ब्रेस्ट एबं फोक्शोको क्यानसर प्रमुख चुनौतीको रुपमा देखिन्छन र यी बिषयहरुले प्राय मिडियामा स्थान पाइरहेका हुन्छन। यसकोलागि यो बर्षको बजेटमा ३.४ बिलियन डलर छुट्याईएको छ।

५ मानसिक स्वास्थ्य सम्बन्धि कोष:

मानसिक रोग र यसबाट उत्पन्न हुने डिमेन्सिया एबं आत्महत्या अस्ट्रेलियाको अर्को चुनौती हो, यसलाई बेलैमा पत्तालगाई रोकथामको लागि आगामी ४ बर्षमा खर्च गर्ने गरि २.३ बिलियन छुट्याईएको छ।

६ फस्ट होम बायर:

यो साल सार्है नौलो र उत्साहपूर्ण कुरा नआएता पनि यो बर्षपनि ५% डिपोजिटमा घर किन्न सकिने कोटा १०,००० थपिएको छ यदि सिंगल प्यारेन्ट हो भने २% डिपोजिटमा पनि घर किन्न सकिने छ।

७ सिनियर अस्ट्रेलियन बेनीफिट बजेट:

खास गरेर सिनिअर उमेरका नागरिकहरुको जिबनस्तरमा सुधार ल्याउने उदेश्यले आगामी ५ बर्षमा खर्च गर्ने गरी १७.७ बिलियन छुट्याईएको छ जसमा होम केअर प्याकेज, एज केअरको सुधार र सहरी एरिया भन्दा बाहिरका नागरिकहरुको सेवामा सुधार ल्याउने योजना पर्दछन। सिनिअर अस्ट्रेलियाको लागि सुपर सम्बन्धि पनि निकै सुधार गरिएको छ।

यो बजेटमा थुप्रै राम्रापाटा हुदाँहुँदै पनि अन्तरास्ट्रिय बोर्डर खुल्ने कुरा, कोभिडको कारणले थलापरेका इन्ड्रस्ट्रीहरुको उद्धार, स्किल माईग्रेसनमा  जोड दिने कुरा,  सीपयुक्त कामदारको अभाव छ प्लान मात्रै बनाएर के गर्ने काम गर्ने सीपयुक्त मान्छे चाईएन ? यी कुराहरु संम्बन्धी यो बजेट मौन रहेको देखिन्छ तर पनि पुरा संसार कोभिडको कारणले आक्रान्त भै रहेको बेलामा बेरोजगारी ५ भन्दा कम राख्ने अठोट गर्नु, बजेट घाटा अनुमान गरेभन्दा निकै कमहुनु, काम सम्बन्धि ट्रेनिंगमा प्रसस्त लगानी गर्नु,सोंचे भन्दा दुर्तगतिमा आर्थिक सुधार र बृद्धी हुनुलाई पोजेटिब रुपमै लिनुपर्ने हुन्छ।

याे पनि पढ्नुहाेस् ।

संघिय बजेट २०२१ः प्राथमिकतामा सीमा सुरक्षा, आप्रवास र एज केयर क्षेत्र