MENU

नेप्लिज ब्लड डोनर्स एसोसिएसन अस्ट्रेलिया गठन

Nepalese Australian

Nepalese Blood Donors Association Australia

सिड्नी । अस्ट्रेलिया निवासी झापाका भूपाल सिटाैलाको अध्यक्षतामा १७ सदस्यिय ब्लड डोनर्स एसोसिएसन अस्ट्रेलिया गठन भएको छ ।

उक्त एसोसिएसन अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्थाको रुपमा अस्ट्रेलियामा पनि स्थापना भएको हो ।

नवगठित समितिका उपाध्यक्ष मुक्ती राम पोख्रेल र प्रकाश खरेल, सचिव प्रकाश लामिछाने, सह-सचिब चन्द्र प्रकाश ढकाल, कोषाध्यक्ष रंजीता भण्डारी, सदस्यहरुमा उमेश पोखरेल, निरज खतिवडा, ललित मल्ल, अर्जुन गैरे, सिमा थापा, दिवाकर काफ्ले, सुर्य खनाल, ईश्वर कुईकेल, प्रसन्न दहाल, अजय राजबन्शी र राज खनाल रहेका छन्।

संरक्षक बिनोद प्रसाद मैनाली रहेका छन् भने सल्लहकाहरुमा दिनेश पोखरेल, बिष्णु हमाल, तोनु गोताने, भरत पोखरेल, हेमन्त काफ्ले, भैरव ढकाल, भुमा लिम्बु, महेन्द्र वली र देबेन्द्र सापकोटा रहेका छन् ।

संस्थाले समुदायमा रक्त दानको महत्व बुझाउने र रक्त दान गर्न प्रेरित गर्ने मुख्य लक्ष्य रखेको अध्यक्ष सिटौलाले नेप्लिज अस्ट्रेलियनलाई बताए । साथै नेपालमा पनि रक्त दान कार्यमा सकृय संस्थहरूसँग सहकार्य गर्ने याेजना रहेकाे सिटौलाले जानकारी दिए ।