MENU

सेफ सन्तोष साहको कुकिङ बुक ‘अइला’ प्रकासन गर्ने

Nepalese Chef Santosh_Shah_Book Ayla

काठमाडौं– ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ को फाइनलसम्म पुगेका नेपाली सेफ सन्तोष साहको कुकिङ बुक ‘अइला’ आउने भएको छ। साहले आफ्नो सामाजिक सञ्जालमार्फत नेपाली खानाहरु बनाउने तरिका सहितको पुस्तक आउन लागेको जानकारी दिएका हुन्।

पुस्तकको कभर सार्वजनिक गर्दै उनले सामाजिक सञ्जाल मार्फत आफ्नो पुस्तक २०२२ को फेब्रुअरीमा सार्वजनिक हुने बताएका छन्।

साहको बुकलाई विश्वकै चर्चित प्रकाशन गृह ‘पेन्गुइन र्‍याण्डम हाउस’ले प्रकाशन गरिरहेको हो। नेपालको नेवार समूदायको परम्परगत पेय पदार्थ (मदिरा)को नाम साहले पुस्तकलाई दिएका छन्।

पुस्तकमा नेपालको तराईं, पहाड र हिमाली क्षेत्रका परिकारहरु बनाउने तरिकालाई समावेश गरिएको छ।

मम:देखि बाँसको तामाको करीसम्म बनाउने उपायहरु पुस्तकमा संग्रहीत छन्।

फेब्रुअरीमा सार्वजनिक हुने उक्त पुस्तकलाई अहिले नै प्रि–अर्डर पनि गर्न सकिन्छ। पुस्तक विश्वभरका ५२ देशमा प्रकाशन हुँदैछ।