MENU

न्युजिल्याण्डमा भव्य कार्यक्रम गरेर सोनाम ल्होछार मनाइयो (फोटो फिचर)

Nepalese Community celebrates Sonam Loshar 2021 in New Zealand

मिलन जिसि/ न्युजिल्याण्ड । तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछार न्युजिल्याण्डमा पनि भव्य कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

तामाङहरुको बाहुल्यता रहेको न्युजिल्याण्डको साउथ आईल्याण्डको विन्टन स्थित ओरिटी प्लेन्स हलमा आयोजना भएको कार्यक्रममा तामाङ समुदाय सहित नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

तामाङ सोसाइटी अफ न्युजिल्याण्डले अयोजना गरेको कार्यक्रमा तामाङ समुदायका स्थानिय कलाकारहरुले विभिन्न साँस्क्रतिक प्रस्तुति दिएका थिए ।

Nepalese Community celebrates Sonam Loshar 2021 in New Zealand

न्युजिल्याण्डका लागि नेपाली अवैतनिक बाणिज्यदुत आत्मराम खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा, गैरआवासीय नेपाली संघ न्युजिल्याण्डका अध्यक्ष लाल के सी, उपाध्यक्ष बाल गोले तामाङ, महासचिव दया गाैतम, अच्युत अर्याल लगायतको विशेष उपस्थिति रहेको थियो ।

शन्त ग्यावा लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन निङमर घिसिङले गरेका थिए । सन् २०१७ मा स्थापना भएको संस्थाले स्थापना कालदेखि नै ल्होछार मनाउँदै आएको छ ।

Nepalese Community celebrates Sonam Loshar 2021 in New Zealand

Nepalese Community celebrates Sonam Loshar 2021 in New Zealand