MENU

तास्मानियाको लनसेष्टनमा मार्च २७ मा होली महोत्सव हुँदै

Chhatra Shankar
Editor at Nepalese Australian
Nepalese Community organise Holi festival in Launceston northern Tasmania, Australia
Nepalese Community organise Holi festival in Launceston northern Tasmania, Australia

लनचेष्टन । तास्मानियाका ग्रामिण सहरहरूमा नेपालीहरू सङ्ख्या बढ्दै गएपछि नेपाली संघसस्थाहरुले नेपाली कला, संस्कृति तथा परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रमको आयोजना गर्दे आएका छन् ।

यसैबिच तास्मानियाको दोस्रो ठुलो शहर लनचेष्टनमा नेपाली सोसाइटी अफ नदर्न तास्मानियाले आगामी शनिवार २७ मार्चमा होली महोत्सवको आयोजना गरेको छ ।

सहभागीलाई निःशुल्क प्रवेशको व्यवस्था छ, भने विभिन्न सांस्कृतिक कार्यक्रम सहित होली महोत्सवको  आयोजना गरिएको सोसाईटीका अध्यक्ष नवराज मुडभरीले जानकारी दिए ।

हिमालयन रक फिल्ड ब्याण्डका सुलभ मास्के र साथीहरुको टिमले सहभागीहरुलाई सांगितिक मनोरञ्जन दिने छन, भने डिजे उज्वल खड्का हृदय दाहाल र मित्र गुरुङले दर्शक भरमग्दजुर मनोरञ्जन गराउने छन् ।

होली खेल्न जानेहरुका लागि कार्यक्रम स्थलमै विभिन्न रंगको पनि व्यवस्था गरिने तथा नेपाली खानाका परिकारको स्टलहरु रहने छन भने होली टि सर्टहरु पनि कार्यक्रम स्थलमै पाईने सोसाईटीका जनसम्पर्क अधिकृत सन्तोष आचार्ययले नेप्लिज अस्ट्रेलियालाई जानकारी दिए ।

कार्यक्रम लनसेष्टनको हेरिटेज पार्क मउब्रेमा दिउँसो १२ बजे देखि साँझ ५ बजे सम्म सञ्चालन हुने छ । महोत्सवको प्रमुख स्पोन्सर एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज होबार्ट र करी हाउस मउव्रेले गरेको छ भने महोत्सव सफल बनाउन एनआरएनए तास्मानिया, एलएनएससी, एलएनसीसी तास्मेनियन सरकारका साथै वेष्ट मेटा काउन्सिले सहयोग गरेका छन् ।

Holi featival in Launceston northern Tasmania, Australia (File Photo)
Holi featival in Launceston northern Tasmania, Australia (File Photo)

नर्थ वेष्टमा बस्ने नेपाली उत्साहित

होली महोत्सवमा स्थानीय नेपाली समुदायका साथै तास्मानियाको उत्तर— पश्चिमा बस्ने नेपालीहरूको बाक्लो उपस्थिति रहने अनुमान गरिएको छ । किनकि पछिल्लो समय तास्मानियाको नर्थ वेस्टका डेभनपोर्ट, ब्रर्नी, विनवर्ड, ल्याट्रोव स्प्राइटन लगायतका क्षेत्रमा नेपालीहरूको सङ्ख्या बढ्दै गएको छ ।

यस क्षेत्रमा बसोबास गर्नेहरूका लागि कार्यक्रम स्थल पुग्न ड्राइभमा एक घण्टा लाग्छ । नर्थ वेष्टमा बस्ने नेपालीहरू महोत्सवमा बाक्लो मात्रमा सहभागी हुने बताएका छन् । अस्ट्रेलियाको मुख्य सहरबाट भर्खर आएका नेपाली विद्यार्थीहरूका लागि राज्यको नर्थ क्षेत्रमा भएको यो महोत्सवले नेपालीहरूलाई उत्साहित बनाउने छन भने होलीले एकर्कामा माया तथा सद्भाव बढाउने छ ।

तास्मानियाको मुख्य शहर होवार्टमा भने यस वर्ष नेपाली सोसाइटीले होली महोत्सवको आयोजना गरेको छैन । यस क्षेत्रका नेपाली समुदाय एक आपसमा होली खेल्नुका साथै अन्य समुदायले आयोजना गरेको होली महोत्सवमा सहभागी हुन सक्ने छन । नेपाली सोसाइटी अफ तास्मानियाका अध्यक्ष अभिनव आचार्यले भने ”हामी नयाँ वर्षलाई होबार्टमा भव्य स्वागत गर्ने तयारीमा छौ । होली एक आपसमा सद्भावका साथ मनाउ ।”