होबार्ट । नेपाली नयाँ बर्ष २०७८ साललाई अस्ट्रेलियाका नेपाली समुदाय र विभिन्न संघसस्थाहरुले विविध कार्यक्रका साथ मनाईरहेका छन् ।
तास्मानियाको होबार्टमा नेपाली संघसस्थाहरुले नयाँ बर्षको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नेपाली सोसाइटी अफ तास्मानियाले अप्रिल १० मै नयाँ बर्षको अवसरमा कार्यक्रम गरेको थियो ।
यसैवीच ग्लोबल मार्क एजुकेशन कन्सल्टेन्सीले आगामी शनिवार, होबार्टको बेन्जाफिल्ड पार्क, मोनाहमा नेपाली समुदायका वीच नयाँ वर्षको अवसरमा सुभकामना आदानप्रदान आयोजना गरिने जनाएको छ ।
नेपाली समुदायवीच सामाजिक सद्भाव, एकता तथा यहाँ जन्मे हुर्कैका नानीबावुहरुलाई नेपाली परम्परा स्मरण गराउन पनि सुभकामना कार्यक्रम आयोजना गरिएको सस्थाका निर्दैशक अरुण चित्रकारले जानकारी दिए ।