MENU

नयाँ वर्षको अवसरमा होबार्टमा सुभकामना आदान प्रदान कार्यक्रम गरिने

Hobart, capital of Australia's island state of Tasmania, sits on the River Derwent.
Hobart, capital of Australia’s island state of Tasmania, sits on the River Derwent.

होबार्ट । नेपाली नयाँ बर्ष २०७८ साललाई अस्ट्रेलियाका नेपाली समुदाय र विभिन्न संघसस्थाहरुले विविध कार्यक्रका साथ मनाईरहेका छन् ।

तास्मानियाको  होबार्टमा नेपाली संघसस्थाहरुले नयाँ बर्षको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नेपाली सोसाइटी अफ तास्मानियाले अप्रिल १० मै  नयाँ बर्षको अवसरमा कार्यक्रम गरेको थियो ।

यसैवीच ग्लोबल मार्क एजुकेशन कन्सल्टेन्सीले  आगामी शनिवार,  होबार्टको बेन्जाफिल्ड पार्क, मोनाहमा  नेपाली समुदायका वीच  नयाँ वर्षको अवसरमा सुभकामना आदानप्रदान आयोजना गरिने जनाएको छ ।

नेपाली समुदायवीच सामाजिक सद्भाव,  एकता  तथा यहाँ जन्मे हुर्कैका  नानीबावुहरुलाई नेपाली परम्परा स्मरण गराउन पनि  सुभकामना   कार्यक्रम आयोजना गरिएको  सस्थाका निर्दैशक अरुण  चित्रकारले जानकारी दिए ।