MENU

सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

Sandeep Lamichhane
Sandeep Lamichhane is a Professional Cricketer who plays for Nepal and also represents different franchise team in different Cricket League around the world.

अष्ट्रेलिया । सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

होबार्टले मेलवर्न स्टार्सलाई शनिवार २ जनावरीमा भएको खेलमा २१ रनले पराजित गरेको हो । लामिछानेले चार ओभर बलिङ गर्दै ३८ रन खर्चिए । लमिछानेले आफ्नो पहिलो र चौथो ओभरमा विकेट लिएका हुन् । उनले मेलबर्नका हिल्टन कार्टराइट र बेन डङ्कलार्यको विकेट लिएका हुन् ।

चौध दिनको अनिवार्य क्वारेन्टिनको समय सकिएपछि लामिछानेले शनिवार पहिलो खेल खेलेका थिए । टस हारेपछि लामिछानेको टोली होबार्टले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।

होबार्टका लागि बेन म्याकड्रेमटले ३१, डविड मलानले ७५ रन बनाए । एक सय ४६ रनको लक्ष्यका साथ ब्याटिङ गर्न उत्रेको मेलबर्न स्टार्स २० ओभरमा नौ विकेट गुमाउँदै १४३ रन मात्र बनायो ।

मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले ७० रन बनाए । बलिङतर्फ होबार्टका लागि लामिछानेसँगै स्कट बोलान्डले तीन विकेट लिए।

होबार्टमा आवद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका शुरुआतका छ खेल गुमाएका थिए । नेपालमै छँदै उनी कोरोनाबाट सङ्क्रमित भएका थिए ।

अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने भएका कारण उनी प्रारम्भका छ खेल खेल्नबाट बञ्चित भएका थिए । होबार्ट हालसम्म खेलेका सात खेलमा पाँचमा जित तथा दुई खेलमा हारका साथ १८ अङ्क जोड्दै आठ टोली सम्मिलित बिग बासको दोस्रो स्थानमा उक्लिएको छ ।

होबार्टले अब अर्को खेल सोमबार खेल्ने छ ।