MENU

युवा अवस्थामा मानसिक समस्या बारे जनचेतना कार्यक्रम हुने

Nepalese Australian

Nepalese Youth wellbeing information session

सिड्नी । नेपाली युवा पुस्तामा मानसिक समस्या बढ्दै गएको अबस्थामा जनचेतजना मुलक कार्यक्रम हुने भएको छ ।

सिड्नीको दक्षिण हस्र्भिलमा रहेको युवा मानसिक सेवा प्रदायक संस्था हेडस्पेस र आप्रवासी समुदायको ब्यवस्थित बसोवोसको लागि काम गर्दै आएको एड्भान्स डाईभर्सिटी सर्भिसेसले संयुक्त रुपमा युवा अवस्थामा मानसिक समस्या बारे जनचेतन कार्यक्रम आयोजना गर्न लागेका हुन् ।

यही मंगलबार सेप्टेम्बर ८ साँझ ५ः३० बजे देखि यो कार्यक्रम अनलाइन फरम्याटमा हुन लागेको हो ।
कार्यक्रममा स्वस्थ मस्तिस्क, कोभिड १९ ले सृजित तनाब र संवेग ब्यवस्थापन, घरबाट काम र अध्ययन गर्दा ध्यानदिनु पर्ने बिषयहरु, काहाँ र कसरी युवा सेवा प्रदायकहरुलाई सम्पर्क गर्ने जस्ता बिषयहरु यो जानकारी शत्रमा समेटिनेछन् ।

कार्यक्रममा १६ देखि २५ वर्ष उमेरका नेपाली युवहरु सहभागि हुन सक्नेछन् । यो जनचेतन कार्यक्रम सहभागि हुन यो लिंकमा गएर आफ्नो नाम दर्ता गराउनु पर्छ ।

वा निम्न फोन नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
हेडस्पेसः ८०४८३३५०
एड्भान्स डाईभर्सिटी सर्भिसेसः ९५९७५४५५, ०४२२२५३१७०