MENU

बिग बासको तेस्रो खेलमा थन्डर विरुद्ध सन्दीपको किफायती बलिङ

Nepalese leg spinner Sandeep Lamichhane at BBL
Nepalese leg spinner Sandeep Lamichhane in BBL (Photo: Hobart Hurricanes)

पर्थ। बिग बास लिग (बीबीएल) अन्तर्गत नेपाली ग्लोबल स्टार सन्दीप लामिछानेले बिहिबार किफायति बलिङ गरेका छन् ।

उनले ४ ओभर बलिङ गर्दै २३ रन खर्चिएर १ विकेट लिएका हुन् ।

उनले सिड्नीका कप्तान कलुम फर्गुसनलाई पवेलियन फर्काएका हुन् । सन्दीपले लगातार तेस्रो खेलमा विकेट लिएका हुन् ।

यस अघिका दुई खेलमा उनले ३ विकेट लिएका थिए । योसँगै सन्दीपको यो सिजनमा बीबीएलमा विकेट संख्या ४ पुगेको छ ।

लामिछानेको टोली होबर्ट हुरिक्यान्सलाई सिड्नी थन्डरले १ सय ६८ रनको लक्ष्य दिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६७ रन बनायो । सिड्नीका लागि उस्मान ख्वाजाले ४९ रन बनाए ।

सिड्नीका एलेक्स रोसले अविजित ४४ रन जोड्दा बेन कटिङ ३१ रनमा अविजित रहे । यस्तै एलेक्स हालेसले २१ रन बनाउदा अर्जुन नैरले १५ रन बनाए ।

होबार्टका डीअर्सी सर्टले ३ विकेट लिए ।