MENU

कांग्रेसले गठन गर्‍याे ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति (सूची सहित)

नेपाली कांग्रेसको ३७ जनाको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ ।

कांग्रेसको केन्द्रीय समितिको बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय गरेको हो ।

शुक्रबार भर्चुअलरूपमा बसेको बैठकमा केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने प्रस्ताव गरेको थिए भने महामन्त्री गगन थापाले कार्यसम्पादन समितिमा प्रस्तावित नाम पढेर सुनाएका थिए । बैठकले प्रस्तावित नामलाई पारित गरेको थियो ।

केन्द्रीय कार्य सम्पादन समितिका १३ जना पदाधिकारी पदेनरूपमा र अरू २४ जना केन्द्रीय सदस्यहरुलाई समेटिएको छ ।

कांग्रेसको विधान अनुसार ४६ जना सदस्य भएको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने व्यवस्था गरेको छ । बाँकी नौ जना सदस्य भने पछि थपिने कांग्रेसका नेताहरुले बताएका छन् ।
केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय केन्द्रीय समितिबाट अनुमोदन हुनुपर्ने कांग्रेसको विधानको व्यवस्था छ ।

को को छन् केन्द्रीय कार्यसम्पादन समितिमा ?

  • शेरबहादुर देउवा
  • पूर्णबहादुर खड्का
  • धनराज गुरुङ्ग
  • गगन थापा
  • विश्वप्रकाश शर्मा
  • फर्मुल्लाह मन्सुर
  • उमाकान्त चौधरी
  • महालक्ष्मी उपाध्याय डिना
  • भीष्मराज आङ्गदेम्बे
  • महेन्द्र यादव
  • किशोरसिंह राठौर
  • बद्री पाण्डे
  • जीवन परियार
  • रामचन्द्र पौडेल
  • गोपाल मान श्रेष्ठ
  • प्रकाशमान सिंह
  • विमलेन्द्र निधि
  • विजयकुमार गच्छदार
  • कृष्णप्रसाद सिटौला
  • डा. शशांक कोइराला
  • चित्रलेखा यादव
  • डा.रामशरण महत
  • अर्जुननरसिंह केसी
  • डा. प्रकाशशरण महत
  • सुनिल बहादुर थापा
  • डा. शेखर कोइराला
  • बलबहादुर केसी
  • बालकृष्ण खाण
  • ज्ञानेन्द्र बहादुर कार्की
  • उमा रेग्मी
  • रमेश रिजाल
  • डा. नारायण खड्का
  • जिपछिरिङ्ग लामा
  • सुजाता कोइराला
  • एनपी साउद
  • जीवनबहादुर शाही
  • आनन्दप्रसाद ढुङ्गाना