MENU

नेपालमा कोरोनाबाट चिकित्सको ज्यान गयो, मृतकको संख्या ५ सय नाघ्यो

COVID-19 Update Nepal

काठमाडौं–नेपालमा कोरोना संक्रमणका कारण पहिलोपटक चिकित्सकको मृत्यु भएको छ।

प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत् प्रमुख कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको कोभिड–१९ का कारण मृत्यु भएको हो।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले डा. हरि सापकोटाको मृत्यु भएको जानकारी दिनुभयो ।

नेपालगञ्जको भेरी अञ्चल अस्पतामा उपचाररत उहाँको हिजो रातिबाट स्वास्थ्यमा गम्भिर समस्या देखिएको थियो ।

यो संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या म्न्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु भएको हो ।

संक्रमितको संख्या ७९ हजार ७ सय नाघ्यो

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार ७ सय २८ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ११ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ९ सय ६१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालय जनाएको छ।

सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको छ भने ५ हजार ७७ जना क्वारेन्टिनमा छन्।