MENU

न्युजिल्याण्डमा पहिलोपटक भारतीय मूलकी प्रियंका राधाकृष्णन मन्त्री नियुक्त

New Zealand Gets Its First-Ever Indian-Origin Minister Priyanca Radhakrishnan, 41
New Zealand Gets Its First-Ever Indian-Origin Minister Priyanca Radhakrishnan, 41

ओइलिङ्टन । न्युजिल्याण्डमा पहिलो पटक भारतीय मूलकी एक महिला त्यहाँको सरकारको मन्त्री बनेर इतिहास रचेकी छिन् । प्रधानमन्त्री जेसिन्डा अर्डर्नले थप गरेको पाँच सदस्यीय मन्त्रीमा भारतीय मूलकी प्रियंका राधाकृष्णन समावेश भएकी हुन्।

उनी ‘मिनिस्टर फर द कम्युनिटी एण्ड भोलुन्टरी सेक्टर’ ‘मिनिस्टर फर डाइभर्सीटी, इन्क्लुजन र इथिनिक कम्युनिटी’ ‘एसोसिएट मिनिस्टर फर सोसिल डेभलेपमेन्ट एण्ड इम्प्लोयमेन्ट’ र मिनिस्टर फर युथ नियुक्त भएकी हुन्।

भारतको केरलामा जन्मिएकी ४१ वर्षीया प्रियंका पहिलो पटक ‘मेम्बर अफ पार्लियामेन्ट’ मा २०१७ सेप्टेम्बरमा लेबर पार्टीका तर्फबाट निर्वाचित भएकी थिइन । न्युजिल्याण्डमा उच्च शिक्षा हासिल गर्न जानुअघि सिंगापुरको शैक्षिक संस्थामा अध्ययन गरेकी थिइन्।

उनले घरेलु हिंसामा परेका महिला, शोषणमा परेका आप्रवासी कामदारहरुको पक्षमा अभियान चलाएकी थिइन्।

२०१९ मा उनी ‘मिनिस्टर फर इथ्निक कम्युनिटिज’ को ‘पार्लियामेन्टरी प्राइभेट सेक्रेटरी’ का रुपमा नियुक्त भएकी थिइन्। उनले पछि परेका जातिका लागि गरेको कामको प्रशंसा भएको थियो।

न्युजिल्याण्डको ‘हेराल्ड न्युजपेपर’ ले प्रियंकालाई ‘फरस्ट एभर किवी इण्डियन मिनिस्टर’ भनेर उल्लेख गरेको छ। प्रियंका आफ्ना पतिसँग अकल्याण्डमा बसोबास गर्छिन्।

न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले नयाँ प्रतिभाशाली व्यक्तिहरुलाई मन्त्रिमण्डलमा समावेश गर्न पाउँदा आफू उत्साहित भएको बताएकी छन्।

याे पनि पढ्नुहाेस् ।

अमेरिकी राष्ट्रपति निर्वाचनः नेपालीको समर्थन कसलाई?