MENU

नोभेम्बरबाट आफ्नो अन्तराष्ट्रिय सीमा खोल्दै न्युजिल्याण्ड

New Zealand would ease coronavirus border restrictions form November 2021
New Zealand would ease coronavirus border restrictions form November 2021

ओइलिङ्टन । न्युजिल्याण्डले आगामी नोभेम्बरबाट आफ्नो अन्तर्राष्ट्रिय सीमा खोल्ने घोषणा गरेको छ। महामारीको समयमा सबैभन्दा कडा प्रतिबन्ध लगाएको न्युजिल्याण्डले विदेशमा अड्किएका मानिसलाई ध्यानमा राख्दै सीमा खोल्न लागेको हो।

न्युजिल्याण्डका कोरोना नियन्त्रण मन्त्री क्रिस हिप्किन्सले अहिले आगामी नोभेम्बर महिनादेखि क्वारेन्टिनरहित भ्रमणको लागि अनुमति दिइने बताएका हुन्।

अहिले न्युजिल्याण्ड प्रवेश गर्नेको लागि १४ दिन क्वारेन्टिनको नियम छ। नोभेम्बर १४ देखि विदेशबाट आउने सबैका लागि क्वारेन्टिनमा बस्ने नियम सात दिनमा झारिनेछ। साथै त्यसलाई हटाएर होम आइसोलेसनमा राख्ने व्यवस्था गरिनेछ।

हिप्किन्सले पछिल्लो समय विदेशमा बस्ने न्युजिल्याण्डका मानिसबाट आएको दबाबलाई मध्यनजर गर्दै सीमा खोल्न लागिएको बताएका छन्।

न्युजिल्याण्ड कोरोना संक्रमण नियन्त्रणमा सफल मुलुक हो। अहिलेसम्म न्युजिल्याण्डमा कोरोना संक्रमणको कारण २८ जनाको मृत्यु भएको छ।

विश्वभर महामारीको कारण लकडाउन जारी रहँदा न्युजिल्याण्डको अवस्था भने सामान्यजस्तै थियो।

यसअघि स्थानीय सञ्चारमाध्यमले लामो क्वारेन्टिनको नियमको कारण बाहिरबाट आउने न्युजिल्याण्डका नागरिकले आफ्ना आफन्तलाई अन्तिम समयमा पनि भेट्न नपाएको समाचार सार्वजनिक गरेका थिए।