MENU

डिकेन युनिभर्सिटी नेपाली सोसाईटीको अध्यक्षमा माधब खरेल

Newly Elected Deakin University Nepalese Society Executive Team

मेलबर्न । डिकेन युनिभर्सिटी नेपाली सोसाईटीको नयाँ कार्य समिति गठन भएको छ । एक बर्षे कार्यकालका लागि माधब खरेलको अध्यक्षतामा सात सदस्यीय नयाँ समिति गठन भएको हो ।

नव गठीत कार्य समितिमा उपाध्यक्ष डीना गुरूङ, सचिव सिदार्थ श्रेष्ठ, कोषाध्यक्ष रिग्मा पौडेल, कार्यक्रम संयोजक सम्मपुर्ण अधिकारी, मिडिया मार्केटिङ अफिसर मुस्कान करणर्जित र जिलोङ अफिसर सागर पाठक रहेका छन् ।

डिकेन युनिभर्सिटी अन्तर्गत अस्ट्रेलियाभरी ६ सय नेपाली विद्यार्थीहरु अध्ययनरत छन । नेपाली विद्यार्थीहरुलाई संगठीत गर्नु, भर्खरै अस्ट्रेलिया आएका विद्यार्थीलाई अस्ट्रेलियन सँस्कृतिमा घुलमिल गराउनु तथा समस्यामा परेका नेपाली विद्यार्थीहरुलाई सहयोग गर्नु सोसाईटीको प्रमुख उदेश्य भएको अध्यक्ष माधब खरेलले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

डियूएनएसले जागिरको खोजिमा रहेका नेपाली विद्यार्थीहरुलाई आफ्नो बायोडाटा र कभर लेटर कसरी बनाउने तथा रोजगारीका अवसरहरु के के हुन भन्ने बारेमा परामर्श दिदै आएको छ ।

कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएका तथा समस्यामा परेका नेपाली विद्यार्थीहरुलाई सोसाईटीले ग्रोसरी उपलब्ध गराएको थियो भने मानसिक स्वास्थ्यका बारेमा जनचेतनामुलक कार्यक्रम गर्दै आएको खरेलले बताए ।

डिकेन विश्वविद्यालय भिक्टोरिया राज्यको सर्वाजनिक विश्वविद्यालय हो । यो विश्वबिद्यायल अस्ट्रेलियाको दोस्रो प्रधानमन्त्री अल्फ्रेड डिकेनको नाममा सन् १९७४ मा स्थापना भएको हो ।