MENU

किन उठ्यो एन आर एन अस्ट्रेलियाले बनाएकाे टास्क फोर्समा प्रश्न ?

Non-Resident Nepali Association (NRNA)
Non-Resident Nepali Association (NRNA) is to unite and bring Nepalese residing all over the world under one umbrella

सिड्नी । गत आइतबार २९ नोभेम्बरमा बार्षिक साधारण सभा गरेको गैरआवासीय नेपाली संघ अस्ट्रेलियामा मनोमानी ढंगले टास्क फोर्स बनाएर राजनीतिक रंग दिएको  भन्दै केही एनसीसी सदस्यहरुले राजिनामा दिने तयारी गरेका छन् ।

एन आर एनका पूर्व अध्यक्ष तथा बर्तमान संरक्षक शेष घले, अध्यक्ष कुमार पन्त सहितका एन आर एनका बिश्वस्तरीय नेताहरुले  साधारण सभामा शुभकामना दिइरहदा केही एनसिसि सदस्यहरुबाट याे असन्तुस्टी बाहिर आएकाे हाे ।

यस्ताे असन्तुष्टी ब्यक्त गर्ने मध्येका एक एन आर एन अस्ट्रेलियाका निर्वाचित एनसिसि सदस्य बाबुराम गौतमले नेप्लिज अस्ट्रेलियनलाई भने,“अध्यक्ष केशव कंडेलले आफ्नो गठबन्धन भित्रबाट गत चुनावमा उम्मेदवार हुन नपाएका र बिगतमा हारेकाहरुलाई आगामी चुनावमा भोट ब्यांकका रुपमा सुरक्षित् राख्न बिभिन्न टास्क फोर्सहरुको नेतृत्व दिएका छन ।”

सदस्य गौतमका अनुसार चुनावबाट निर्बाचित एनसीसी सदस्यहरुसँग छलफल नै नगरी अध्यक्ष कंडेलले कतिपय बिना कामका टास्क फोर्सहरु बनाएका छन् ।  बिधान बमोजिमका टास्क फोर्समा पनि अस्ट्रेलियामा भएका योग्य व्यक्तिहरुलाई जिम्मेवारी नदिएर दल बिशेषको भगिनी सँस्थाको प्रभावमा मनोनयन गरिएको गौतमको आराेप छ ।

अध्यक्षसँग भएको आफ्नो संवादबारे बताउदै गौतमले भने, “अध्यक्ष कंडेलले आफू सन्तुलन मिलाउन र कमीकमजोरी सच्याउन तयार रहेको तर त्यसका लागि केहि समय धैर्य गरिदिन अनुरोध गर्नुभएको छ ।”

एन आर एन अस्ट्रेलियाका अध्यक्ष केशब कंन्डेलले नेप्लिज अस्ट्रेलियनसँग  कुरा गर्दै आफुलाई कतैबाट औपचारिक गुनासो नआएको बताए । उनले भने, “हामीले सबै काम निस्पक्क्ष गरेका छौ र औपचारिक गुनासो आएमा सम्बोधन गर्ने छौ ।”

एकेडेमिक एक्सीलेन्स अवार्ड घोषणा

आइतबार २९ नोभेम्बरमा नै एन आर एन अस्ट्रेलियाले एकेडेमिक एक्सीलेन्स अवार्ड पनि घोषणा गर्यो । जस अनुसार विद्यावारिधी अध्यन पुरा गरेका शिखा कार्की, रन्जना पिया र अशिम पन्त सम्मानित भएका छन् ।

यस्तै एकेडेमिक एक्सिलेन्स अवार्ड पोस्ट ग्रेजुएट (मास्टर डिग्री) तर्फ प्रथम प्रिन भन्डारी, द्धतिय शुभाष गौतम र तृतिय प्रतिक भण्डारी रहेका छन् ।

एकेडेमिक एक्सिलेन्स अवार्ड अण्डर ग्रेजुएट (ब्यचलर्स डिग्री) रस्मिला श्रेष्ठ, एकेडेमिक एक्सिलेन्स अवार्ड भेट तर्फ मनिश लामिछाने, एकेडेमिक एक्सिलेन्स अवार्ड अन्तराष्ट्रिय विद्यार्थी तर्फ भाष्कर मणी अधिकारी, पिएचडी र एन आर एन अस्ट्रेलिया प्रेसिेन्ट एकेडेमिक एक्सिलेन्स अवार्ड डा स्लेशा अमत्यलाई प्रधान गरिएको छ ।