MENU

गैर आवसीय नेपाली संघको अवार्ड कार्यक्रम अगष्टमा

 

सिड्नी । गैर आवसीय नेपाली संघ अस्ट्रेलियाले हरेक दुई वर्षमा प्रदान गर्ने एक्सिलेन्स अवार्ड यही अगष्टमा प्रदान गरिने भएको छ । 

 

अस्ट्रेलियामा रही यहाँ रहेको नेपाली समुदायको विकाशका लागि योगदान पुर्याउने व्यक्तीहरुलाई प्रदान गरिने अवार्डका लागि २२ जुलाइसम्म मनोनयन दिन सकिने छ । विभिन्न विधामा अधिकतम १४ जनालाई सिफारिस गर्न सकिने अवार्डका लागि यसअघि १२ तारिखसम्म समय तोकिएको भएपनि अहिले १० दिनले बढाइएको छ ।

 

 मनोनयनमा आफूले योग्य ठानेका व्यक्तिहरूलाई कारणसहित सिफारिस गर्न सकिनेछ भने छनौट कमिटिले सिफारिसका आधारमा विजेता छान्ने छ । यसरी छनौटमा परेका विजेताहरुलाई अगष्ट १० तारिखमा मेलबर्नमा आयोजना हुने साधारणसभामार्फत अवार्ड पैदान गरिने आयोजक समितिले बताएको छ । 

 

त्स्तै सोही समारोहमा १० जनालाई एनआरएनए अस्ट्रेलिया प्रेसिडेन्ट अवार्ड पनि हस्तान्तरण गरिने छ । उक्त अवार्ड भने मनोनयन बिना नै प्रदान गरिन्छ । 

 

पूर्वअध्यक्ष गणेश केसीको संयोजकत्वमा रहेको एक्सिलेन्स अवार्ड कमिटीमा राजन बस्नेत उपसंयोजक, एनआरएनकी संरक्षक ईन्द्रा वन सल्लाहकार रहेकी छिन् । त्यस्तै न्यूसाउथवेल्सबाट पूर्वयुवा संयोजक विजय पल, अस्ट्रेलियन नेप्लिज जर्नालिष्ट एसोसिएसनका संयोजक हेमन्त काफ्ले रहेका छन् । त्यस्तै भिक्टोरियाबाट सुनील भण्डारी, क्वीन्सल्याण्डबाट केशवराज शर्मा, नर्दन टेरेटोरीबाट हरि रिजाल, अस्ट्रेलियन क्यापिटल टेरेटोरीबाट राजन ढुंगेल, वेष्टर्न अस्ट्रेलियाबाट दीपक शर्मा र साउथ अस्ट्रेलियाबाट दीपक विष्ट पनि कमिटिमा रहेका छन् ।