MENU

एनआरएनए ओसिनिया क्षेत्रीय नलेज कन्भेन्सन हुँदै; हेल्थ एण्ड इकोनोमी प्रमुख एजेण्डा

दुई दिनसम्म चल्ने बैठकमा हेल्थ एण्ड ईकोनोमीक ईम्प्याक्ट अफ कोभिड-१९, गैर आवासीय नेपाली संघको निःशुल्क सदस्यता, अनलाइन भोटिङ्ग र स्मार्ट एनआरएन कसरी बनाउन सकिन्छ भन्ने बारेमा बृहत बहस हुने छ ।

Knowledge Convention

सिड्नी । कोरोना भाइरसको महामारीकाबीच एनआरएनए ओसिनिया क्षेत्रीय बैठक यही सेप्टेम्बर १२ र १३ मा हुने भएको छ ।
कोभिड १९ पछि पहिलोपटक जुम प्रविधिबाट हुने बैठकमा एनआरएनए ओसिनिया क्षेत्रीय टिम, गैर आवसाीय नेपाली संघ  अस्ट्रेलिया, न्युजिल्याण्ड, पपुवा न्युगिनी, भानुवाटुका अध्यक्षहरू ,  एनआरएनए आईसीसी अध्यक्ष, उपाध्यक्ष, महासचिव तथा काेषाध्यक्षका साथै नेपालबाट विभिन्न मन्त्रालयका प्रतिनिधिहरूले पनि बैठकमा सहभागी जनाउने छन् ।

एनआरएनए ओसिनिया क्षेत्रीय संयोजक होम पाण्डेका अनुशार बैठकको पहिलो दिन सांगठनीक र वार्षिक प्रतिवेदनका बारेमा बैठक केन्द्रीत हुने छ । साथै गैर आवासीय नेपाली संघको निशुल्क सदस्यता, अनलाइन भोटिङ्ग र स्मार्ट एनआरएन कसरी बनाउन सकिन्छ भन्ने बारेमा बृहत बहस हुने छ ।

उक्त बैठकको दोस्रो दिन अर्थात सेप्टेम्वर १३ मा हेल्थ एण्ड ईकोनोमीक ईम्प्याक्ट अफ कोभिड १९ को बारेमा बिषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्न कार्यक्रम रहेको छ । नलेज कन्भेन्सन नाम दिएको सो कार्यक्रमा बिदेशमा सिकेको ज्ञान सिप र अनुभवलाई नेपालको बिकासमा कसरी योगदान  पुर्याउन सकिन्छ भन्ने बारेमा छलफल हुने संयोजक पाण्डेले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

विश्वका अन्य देशको तुलनामा न्यूजिलाण्ड र अस्ट्रेलियाले कोभिड १९ नियन्त्रण र रोकथामा गरेका प्रयासबाट नेपालले के सिक्न सक्छ भन्ने बारेमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने छन् । कोभिड महामारीबाट ओरोलो लागेको अर्थतन्त्रलाई स्थिर राख्न यी देशहरुले गरेका अभ्यास नेपालमा पनि कसरी गर्न सकिन्छ भन्ने बारेमा विज्ञहरुले सुझाव दिने छन् । विज्ञहरूकाे  कार्यपत्रमाथि  समूहगत छलफल गरिने र विज्ञ र सहभागीहरूकाे राय सहितका सुझावहरू नेपाल सरकारका विभिन्न मन्त्रालयमा पठाइने  संयाेजक पाण्डेले बताए ।

नेपालको आर्थिक तथा स्वास्थ क्षेत्रको बिकासका लागि नलेज सम्मेलनले सहयोग पु्राउने संयोजक पाण्डले बताए । नेपालको अर्थतन्त्रको आधार पर्यटन क्षेत्रमा कोभिड १९ पछि असर परेका कारण नेपालले आगामी दिनमा कृषिलाई प्राथमिकता दिनुपर्ने भन्ने वारेमा कार्यपत्र प्रस्तुत हुने पाण्डेले जानकारी दिए ।

ओसिनिया क्षेत्रमा यो दोस्रो नलेज कन्फरेन्स हो । नलेज कन्फरेन्समा भाग लिन निम्न लिंकमा गएर नाम दर्ता  गर्नु पर्नेछ ।