MENU

न्यू साउथ वेल्समा सार्वजनीक क्षेत्रमा कामगर्ने कामदारको तलव किन बृद्धि नहुने ?

Public Sector Employment

सिड्नी । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सार्वजनिक क्षेत्रमा कार्यरत लाखौ कामदारहरुको तलब बृद्धिमा आगामी १२ महिनासम्म शुन्य दशमलब ३ प्रतिशतले गिरावट आउने भएको छ ।

न्यू साउथ वेल्स इन्डस्ट्रीयल रिलेसन्स कमिसनले विहिबार विगत ९ वर्षदेखि २ दशमलब ५ प्रतिशतले हुदै आएको कामदारको ज्याला वृद्धिको अन्त्य भएको जनाए लगतै विभिन्न संगठन र प्रतिपक्षबाट विरोध र आलोचना सुरु भएको छ ।

न्यू साउथ वेल्स राज्यका प्रिमियर ग्लयाडिस वेरेजिक्लियनले मे महिनामा कोरोनाभाइरसको प्रभावको अवस्थमा सार्वजनिक क्षेत्रका कामदारहरु जस्तै नर्स र शिक्षकको एक वर्षसम्म पारिश्रमिक यथावत राख्ने र यसबाट राज्यलाई करिब ३ विलियन डलर बचत हुने अपेक्षा गरे पछि अहिलेको निर्णय आएको हो ।

व्यवस्थापिका संसदमा पारिश्रमिक यथावत राख्ने निर्णयलाई अघि सार्दा राज्य सरकारले अनावश्यक रुपमा कटौती नगर्ने, फ्रन्टलाईन वकर्सलाई एक हजार डलर भन्दा कम प्रदान नगर्ने तथा आगामी वर्षका लागि २ दशमलब ५ प्रतिशतले वृद्धि गर्ने सुनिश्चित गरेको थियो ।

तर ती शर्तहरु संसदले खारेज गर्यो र सरकारले यो विवाद समाधान गर्न उद्योगका मालिकको हात छाड्यो । नयाँ निर्णयपछि पहिलो वर्षको सुधारको रुपमा अधिकृतहरुले प्रत्येक हप्ता अतिरिक्त ३ दशमलब ८० डलर अपेक्षा गर्न सक्छन तर उनीहरुको पारिश्रमिक पहिले जस्तै वृद्धि हुनेमा भने कनै ग्यारेण्टि छैन ।

एनएसडब्लु युनियन्सका सचिव मार्क मोरेले उक्त निर्णयलाई आर्थिक विध्वंशको रुपमा बताउदै सम्भावित आद्योगिक कारवाहीको चेतावनी समेत दिए ।

मोरेले आफूहरुले निर्णयको विश्लेषण गर्ने र कानूनी उपचार र आद्योगिक विकल्पहरुका बारेमा विचार गर्ने बताए ।

विपक्षी नेता जोडी माइककेले न्यू साउथ वेल्सका हजारौ मजदूरहरु कटौती गरिएको बताउदै ३ विलियन डलरले रोजगार सृजना गर्न सक्नेबारे प्रश्न गरे ।