MENU

एन एस डब्लुमा एस्ट्राजेनिका खोप बितरण शुरु; तीन हप्तामा ३५ हजारलाई दिने लक्ष्य

NSW-Premier-Gladys-Berejiklian-receives-her-first-dose-of-the-AstraZeneca-coronavirus-vaccine.
NSW-Premier-Gladys-Berejiklian-receives-her-first-dose-of-the-AstraZeneca-coronavirus-vaccine.

सिड्नी । अस्ट्रलियाको न्यु साउथ वेल्स राज्यमा कोरोना भाइरस बिरुद्धको एस्ट्राजेनिका खोप बितरण शुरु भएको छ ।

बुधवार राज्यकी प्रिमियर ग्लाडिस बेर्रेजेकलिएनले खोपको पहिलो डोज लियएर खोप कार्यक्रमको शुभारम्भ गरेकी थिइन । सिड्नीको दक्षिणमा रहेको सेन्ट जर्ज अस्पतालमा स्वास्थ्य मन्त्री ब्रा हजार्ड र प्रमुख स्वास्थ्य अधिकारी डाक्टर केरी चान्टले पनि बुधवार नै खोपको पहिलो डोज लागाएका थिए ।

राज्यले पहिलो तिन हप्तामा ३५ हजार जनालाई कोरोना भाइरस बिरुद्धको एस्ट्राजेनिका खोप बितरण गर्ने लक्ष्य लिएको छ ।

पहिलो चरणमा स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारिहरु र जोखिमपूर्ण स्वास्थ्य अबस्था रहेकाहरु, क्वारेन्टिनका कामदारहरु र उनीहरुका परिवारका सदस्यहरु, बिमान चालक दलले प्राथमिकता पाउने छ ।

सरकारी योजना अनुसार आम नागरिकहरुले भने आफ्नो जीपी मार्फत कोरोना भाइरस बिरुद्धको खोप लगाउने ब्यवस्था गरिएको छ । यसको लागि समयतालिका बनाउने काम भैरहेको मन्त्री हजार्डले जानकारी दिए ।