MENU

एन एस डब्लुमा अस्ट्राजेनिका खोप लगाएकी महिलाको रगत जमेर निधनको भएको आशंका

Australia's medical regulator has approved the domestic production of the Oxford-AstraZeneca COVID-19 vaccine
Australia’s medical regulator has approved the domestic production of the Oxford-AstraZeneca COVID-19 vaccine (An illustration picture)

सिड्नी । अस्ट्राजेनिका खोप लगाएकी एक महिलाको रगत जमेर निधन भएपछि अस्ट्रेलियाको थ्युरेपेडिक गुड्स एड्मिनेनिस्ट्रेसन (टिजिए) ले थप अनुसन्धान शुरु गरेको छ ।

न्यु साउथ वेल्सको सेन्ट्रल कोष्टकी ४८ बर्षकी महिलाको खोप लगाएको चार दिन पछि रगत जमेका कारण निधन भएको थियो ।

न्यु साउथ वेल्सकी प्रिमियर ग्लासि बेजेरिक्लिनले मृतक महिला प्रति श्रदान्जलि ब्यक्त गर्दै यो बिषयमा गहन अनुसन्धान गर्न टिजिएका पदाधिकारीलाई अनुरोध गरेकी छन् ।

मधुमेह रोग समेत रहेको उक्तमहिलाको सहित अन्य दुइ जनमा समेत रगत जमेको समश्या देखिएको थियो । अस्ट्रेलियामा ५० वर्ष भन्दा कम उमारेकाहरुलाई अस्ट्राजेनिका खोप लिदा सावधानी अपनाउन भनिएको छ ।

टिजिएका अनुसार अहिले सम्म अस्ट्रेलियामा ७० लाख भन्दा बढीले अस्ट्राजेनिका खोप लगाएका छन् ।