MENU

अस्ट्रेलियाको सबैभन्दा पुरानो संस्थाले चुन्यो डा. पुडाशैनीको नेतृत्वमा नयाँ कार्यसमिति

Oldest Nepalese association NAA elected new Executive Committee

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन (एन ए ए ) को ४४ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार २७ फेब्रवरी अनलाईन मार्फत भएको साधारणसभाले डा मधु पुडाशैनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

सँस्थाको विधानले गरेको ब्यवस्था अनुसार चारजना उपाध्यक्षहरु क्रमश निशा रानी, सुर्य भट्टराई, डा घनश्याम चापागाई र डा बसुन्धरा भट्टराई रहेका छन् । यस्तै संस्थाको महासचिव ऋषि आचार्य, सचिव जविन श्रेष्ठ र कोषाध्यक्ष नारायण खनाल रहेका छन् । संस्थाको कार्यसमिति सदस्यहरुमा तपाश्या श्रेष्ठ, डा कमल खरेल, आनन्द पारजुली, डा सन्तोश खनाल, मनऋषि धिताल, पुष्प आचार्य, उज्जवल सुवेदी, भरत राई रहेका छन् । थप पदाधिकारीहरु अध्यक्षले मनोनयन गर्ने ब्यवस्था विधानमा उल्लेख छ।

प्रमुख निर्वाचन आयुक्त देव गुरुङ र नेपाली समुदायका अग्रजहरु ईन्द्रा वन, डा नारायण प्रधान र  पदम शाक्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको हो ।

अस्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहाल प्रमुख अतिथी रहेको कार्यक्रममा सहभागिहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै राजदुत दाहालले बिगत ४५ बर्ष देखि एन ए ए ले अस्ट्रेलियामा नेपालीको पहिचान कायम राख्न खेलेको भुमिकाको प्रसंसा गरेका थिए । राजदुत दाहालले एन ए ए अस्ट्रलियामा परिपक्व सामुदायिक संस्था भएको बताउदै योजनाबद्ध कार्यले प्रगतिहुँदै जाने बताए ।

संस्थाकी पुर्व अध्यक्ष ईन्द्र वनले नव निर्वाचित पदाधिकारीलाई बधाइ दिदै सक्रिय कार्यकालको कामना गरेकी थिइन । यस्तै अर्का पूर्व अध्यक्ष डा नारायण प्रधानले एन ए एले अस्ट्रलियामा नेपाली समुदायको पहुच यहाँको मुलप्रवाहमा पुर्याउन संयोजनको भुमिका खेल्नुपर्ने सुझाव दिएका थिए ।

पुर्व अध्यक्ष उमेश पन्तले एन ए एले नेपालको लायन्स क्लवसँगको सहकार्यमा नुवाकोटमा भुकम्पले क्षति भएको विद्यालयको भवन निमार्णका लागि गरेको सहयोग बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस्तै पूर्व अध्यक्ष चुरामनी बेलबासेले अस्ट्रेलियामा नेपाली समुदायको जनसंख्या बृद्धिसँगै संस्थाको जिम्मेवारी पनि बढेको र यहाँको मुलप्रवाहमा समुदायको पहुच बढाउन सक्रिय हुन सुझाव दिएका थिए ।

कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै डा मधु पुडाशैनीले एन ए एले नेपाली समुदायको प्रतिनिधित्व गरेर यहाँका बिभिन्न सरकारी निकाय र स्थानिय समुदायिक संस्थाहरुसँग सहकार्य शुरु गरेको बताए । समुदायिक संस्थामा ब्यवस्थित कर्पोरट संस्कृतिको प्रवद्र्धन गर्दै जाने, समुदायका आवश्यकतालाई सम्बोधन गर्ने, आफ्ना प्रतिबद्धताहरु पुरा गर्दै जाने र आफ्ना सफलताहरुलाई उत्सवको रुपम मनाउँदै जाने भनाई नव निर्वाचित अध्यक्ष डा पुडाशैनीको थियो ।

यस्तै संस्थाका महासचिव ऋषि आचार्यले संगठनिक प्रदिवेदन प्रस्तुत गर्दै एन ए ए यहाँका धेरै सामुदायिक र बहुसास्कृतिक संस्थाको संस्थागत सदस्य भएको र आगामि दिनहरुमा मुलप्रवाहमा नेपाली समुदायको संस्थागत प्रतिनिधित्व बढेदैजाने बताए ।

कार्यक्रममा अस्ट्रेलियाको संघिय सरकारले प्रतिबद्धता जनाए अनुसार सिड्नीको ब्याङ्स निर्वाचन क्षेत्रमा नेपाली सामुदायिक भवन बनाउनको लागि अहिले सम्म भएका पहल र प्रगतिहरुको बारेमा कार्यसमिति सदस्य डा सन्तोश खनालले कार्यपत्र प्रस्तुत गरेका थिए  ।

एन आर एन ओसिनिया संयोजन होम पाण्डेले एन ए एले अस्ट्रेलियाका नेपाली सामुदायिक संस्थाहरुलाई संयोजन गर्दै सरकारसँग साँघुको रुपमा कामगर्नु पर्ने सुभाव दिएका थिए ।

सँस्थाका सल्लाहाकार पदम शाक्यले शुभकामना मन्तब्य दिदै अस्ट्रेलियाका नेपाली समुदायको अभिभावकको रुपमा एन ए ए ले भुमिका खेलेको बिचार राखेका थिए  ।

कार्यक्रममा संस्थाका पुर्वकार्यसमिति पदाधिकारीहरु पुरण सायमी र मन्जु शेरचनलार्ई आजिवन सदस्यबाट सम्मान गरिएको थियो ।

नेप्लिज अस्ट्रेलियन एसोसिएसन (एनएए) आज भन्दा ४५ वर्ष अघि १९७६ मा स्थापना भएको हो ।

यो पनि पढ्नुहाेस् ।

कोरोना-१९ महामारीको बेला जुवाको समस्या समाधान गर्न सहयोगी सेवाहरू