MENU

कोरोना-१९ महामारीको बेला जुवाको समस्या समाधान गर्न सहयोगी सेवाहरू

Problem Gambling Service for Nepalese Community
Tackling problem gambling during COVID-19 times in the Nepalese community

सिड्नी स्थानीय जिल्ला स्वास्थ्य कार्यालयको विविधता (डाईभर्सिटी) कार्यक्रम र रणनीति हबले नेपाली समुदायहरुमा जुवाको समस्या समाधान गर्न सहयोगी सेवाहरूको बारेमा जनचेतना जगाउन नयाँ अभियान चलाएको छ । १५ मार्चदेखि शुरू हुने, “जुवा सजिलो ऋण हो” संदेशहरु सहितका पोस्टरहरु, रेडियो नाटक र सामाजिक मिडिया सञ्जालहरुमा प्रदर्शित हुनेछ ।

डाईभर्सिटी कार्यक्रम र रणनीति हबका निर्देशक बार्बरा लुइसीका अनुसार, “मानिसहरूले जुवा सम्बन्धित हानीका लागि मद्दत र सहयोग कहाँ पाउने भनेर जान्न धेरै महत्त्वपूर्ण छ, चाहे ती जुवाडेहरू, साथीहरू वा जुवाडेका परिवारका सदस्यहरू किन न हुन् ।”

“जुवा सजिलो ऋण हो“ अभियान अन्तर्राष्ट्रिय विद्यार्थीहरूका अनुभव, जो जुवा खेल्ने बानीले समस्या निम्त्याउँदछ भन्नेमा आधारित छ । यस अभियानले Multicultural Problem Gambling Service द्वारा नेपाली भाषामा जुवा समस्या बारे सहयोग पाउन सक्ने भन्ने बारे पनि सचेतना जगाउँछ ।

नेप्लिज अस्ट्रेलियन का संस्थापक, ऋषि आचार्य भन्नु हुन्छ, “धेरैका लागि, जुवा अस्ट्रेलियामा एक नयाँ अनुभव हो । हामी देख्छौं कि जूवा खेल्ने समस्याले हाम्रो समुदायको स्वास्थ्य र भलाईलाई कसरी असर गर्दैछ विशेष गरी हाम्रा युवाहरू । जुवा खेल्ने समस्याले ल्याएको अत्यन्तै दुर्भाग्यपूर्ण घटनाहरूले गर्दा हामी दुः खी भएका छौं ।”

राष्ट्रिय तथ्याङ्कले देखाउँछ कि अस्ट्रेलियालीहरूले २०१७ – १०१८ मा जुवा खेली २४ बिलियन डलर भन्दा बढी गुमाए, औसत १९.७५ मिलियन भन्दा बढी बयस्क अष्ट्रेलियालीहरू, यो प्रति व्यक्ति १२ हजार डलर भन्दा बढी हो । अष्ट्रेलियाली जुवा खेलाडीहरु, विशेष गरी युवा व्यक्तिहरु कोभिड १९ को समयमा पनि धेरै बाजीहरु लगाइरहेका छन्, सम्भवत अनलाइन जुवा बढेको कारण ।

डाईभर्सिटी हबका परियोजना अधिकारी ग्रेस भूका अनुसार, “जुवाको समस्यासँग धेरै लाज र कलंक जोडिएको छ । जब सम्म मानिसहरु संकटको अवस्था सम्म पुग्दैनन् उनीहरु आफ्नो समस्या आफ्नो परिवार वा साथीहरुबाट लुकाउन खोज्छन् अनि झन असुरक्षित हुन्छन् । अक्सर उनीहरूसँग आवश्यक सहयोग हुँदैन ।”

यदि तपाईं वा तपाईंले चिनेको कोहीलाई जुवा खेल्ने समस्या छ भने, निः शुल्क र गोप्य सेवाहरू उपलब्ध छन् । डाक्टरको सिफारिस पत्र वा मेडिकेयर कार्ड आवश्यक पर्दैन । Multicultural Problem Gambling Service लाई १८००८५६८०० मा फोन गर्नुहोस र नेपाली भाषी एक पेशागत जुवा सल्लाहकार सँग कुरा गर्न सोध्नुहोस् ।

नोटः रेडियो नाटकको तीन विशेष भाग हिमालयन रेडियोमा प्रसारित हुनेछ – सोमबार, १५ मार्च २०२१, साँझ ५:०० बजे सुरु हुन्छ ।

Problem-Gambling-services-for-Nepalese-community