MENU

प्रवासी नेपाली एकता मन्च न्यु साउथ वेल्सकोे अध्यक्षमा अच्युत शर्मा थपलिया चयन

Overseas Nepali United Forum (ONUF) -NSW
Overseas Nepali United Forum (ONUF) -NSW

सिड्नी । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव नेपाल समुह निकट प्रवासी नेपाली एकता मन्चले अस्ट्रेलियाका सवै राज्यहरुमा संगठन विस्तार गर्ने भएको छ ।

प्रवासी नेपाली एकता मन्चका केन्द्रीय सचिव प्रबिन कंडेलको अध्यक्षतामा शनिबार सम्पन्न भेलाले पहिलो चरणमा न्यु साउथ वेल्स राज्यमामा ३५ सदस्यीय कार्यसमिति गठन गरेको हो । प्रवासी नेपाली एकता मन्च न्यु साउथ वेल्स राज्यको अध्यक्षमा अच्युत शर्मा थपलिया र सचिवमा अनिल पौंडेल चयन भएका छन् ।

सदस्यहरुमा सुरेस रेग्मी, रवि रोशन वस्नेत, कमल लामिछाने, दामोदर अधिकारी, सुदीप ढकाल, निरज सिंह, नरेन्द्र तण्डुकार, निराजन खड्का, सन्तोष जि.सी (ओरेन्ज), अवानिस नेपाल (सेन्ट्रल कोष्ट), सुमन न्यौपाने, सन्तोष रुवाली, ज्योती के.सी, मनसुन राई, सुवोध खत्री, अभिषेक घिमिरे, विज्ञान अधिकारी, अनिल पौंडेल, बावुराम गौंतम, रेमन के.सी, कलम खड्का, लक्ष्मण कुँवर, अर्जुन लम्साल, कमल भण्डरी, सन्तोष कंडेल, कमल अर्याल, सामाना पौंडेल, भरत न्यौपाने, सुजन न्यौंपाने, किशोर विष्ट, अनिष ढकाल, चन्द्र प्रकाश ढकाल, र पूर्ण चन्द्र दवाडी रहेका छन् । सदस्यहरुको कार्यविभाजन आगामी वस्ने कार्यसमितिको वैठकवाट गरिने अध्यक्ष शर्माले बताए ।

नयाँ कार्यमितिलई राजन वस्नेत, हरिलाल लामिछाने, चोला कान्त भुसाल लगायतले सुभकामना दिएका थिए भने कार्यक्रमको संचालन पुर्न लामिछाने गरेका थिए ।

दुई पार्टी निकटका प्रवासी संगठन एकता हुँदा भएको सम्झौता अनुशारनै अस्ट्रेलियाका सवै राज्यमा संगठन विस्तार गर्न लागिएको मन्चका केन्द्रीय सचिव प्रबिन कंडेलले जानकारी दिए ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियामा पानीको वरिपरि रहँदा सुरक्षित रहने बारे सोच्नुहोस्