MENU

नायक पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति

नाबालिक गायिकालाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद थप भएको छ ।

पल आइतवार प्रहरीसमक्ष आफैं उपस्थित भएका थिए । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट ७ दिनको म्याद थप भएको तनहुँ प्रहरीले जनाएको छ ।

गत बुधवार पलविरुद्ध जाहेरी परेको थियो । यस्तै पीडितका बुबाले पलविरुद्ध आइतवार नवलपुरमा पनि जाहेरी दर्ता गराएका छन् ।