MENU

अस्ट्रेलियामा उठ्याे एज्ड् केयर वर्करलाई पीआर दिनुपर्ने माग

सिड्नी । फेडरेसन अफ इथनिक कम्यूनिटिज काउन्सील्स अफ अस्ट्रेलियाकी (फेका) अध्यक्ष म्यारी प्याटरसनटेटसोसले कोभिड-१९ को लागि एज्ड केयर जस्ता आवश्यक क्षेत्रमा अग्रपङतीमा खटिने आप्रवासीहरुलाई पर्मानेन्ट रेसिडेन्ड  (स्थायी बसोबास) दिनुपर्नै माग गरेकी छिन्।

द एडभरटाइजरसंग कुरा गर्दै प्याटेटसोसले एज्ड केयर तथा  महामारीको समयमा फ्रन्टलाइनमा काम  गर्ने आप्रवासीहरुको  रोजगारी सुरक्षाका लागि स्थायी बसोबास दिनुपर्नै माग गरेकी हुन् ।

“स्थायी बसोबास वा नागरिकताको सुनिश्चिता बिना आफै समस्यामा परेका आप्रवासी कामदारमाथि भाइरसको जोखिममा रहेका वृद्धको हेरचाहको जिम्मेवारी दिनु दिर्घकालिन उपाय होइन” उनले भनिन् ।

एज्ड केयरको सेवा प्रदान गर्दै आएको एडिलेड स्थित एसीएच ग्रुपकी अध्यक्ष समेत रहेकी प्याटेटसोसले क्यानाडाले हालसालै कोरोना भाइरस महामारीको लागि स्वास्थ्य तथा वृद्ध स्याहार क्षेत्रमा अग्रपङतीमा रहेर काम गरेका शरणार्थीहरुलाई स्थायी बसोवास दिने घोषणा गरेको थियो ।


अस्ट्रेलियन  सरकारले पनि एज्ड् केयर तथा डिस्याविलिटी क्षेत्रमा तीन वर्षकाम गर्नुपर्ने शर्त सहित अग्रपङतीमा काम गर्ने आप्रवासीलाई स्थायी बसोबासको लागि अनुमति दिनुपर्छ उनले भनिन् ।

उनले अस्ट्रेलियनले आगामी दशकमा विदेशमा जन्मिएका मानिसहरुको स्याहारको आवश्यकता तिव्ररुपमा वृद्धि हुने र कतिपयलाई उनीहरुको घरमै तथा कतिपयलाई आवाशिय हेरचाह चाहिने जनाइन् । अधिकांश  अस्ट्रेलियन  मध्ये ३० देखि ४० प्रतिशत दोस्रो विश्वयुद्ध पछि आएका हुन् ।

१९ सय भन्दा बढी कोभिड -१९ संक्रमितहरु भिक्टोरियाको एज्ड केयरमा छन् भने हाल सम्म मृत्यु  भएका ६ सय ६३ मध्ये ४ सय ६० जना एज्ड केयरका वृद्धहरू रहेको तथ्यांक छ ।

Sourced By: The Advertiser