MENU

फाइजर खोपले अमेरिकामा पायो पूर्ण अनुमति

Pfizer Covid-19 vaccine has received full approval in US

अमेरिकाको ‘फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन’ (एफडीए)ले फाइजर कम्पनीले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोपलाई पूर्ण अनुमति प्रदान गरेको छ । अमेरिकामा पूर्ण अनुमति प्राप्त गर्ने फाइजर-बायोन्टेकको खोप पहिलो हो ।

फाइजर खोपले १६ वर्ष र सोभन्दा बढी उमेरका व्यक्तिलाई लगाउनका लागि पूर्ण अनुमति पाएको हो ।यसअघि आपतकालिन प्रयोगका लागि मात्र अनुमति पाएको यस खोपले सामेबार पूर्ण अनुमति पाएको हो ।

हालसम्म अमेरिकामा १७ करोड बढीले पूर्ण मात्राको खोप पाएका छन् । जसमध्ये ९ करोड बढीलाई फाइजरको खोप दिइएको हो । एफडीएले आफ्नो विज्ञप्तीमा भनेको छ– ‘यो अनुमतिले खोप नलगाएकालाई लगाउन प्रेरित गर्नेछ ।’ अनुमतिकालागि फाइजरले ९७ दिनअघि आवदेन दिएको थियो ।

हालसम्म अमेरिकामा अन्य दुईवटा खोपले पनि आपतकालिन प्रयोगका लागि अनुमति पाएका छन् । त्यसमा मोर्डनाले पनि १८ वर्ष र त्यसमाथि व्यक्तिलाई लगाउनका पूर्ण अनुमति प्राप्तिका लागि निवेदन दिन प्रक्रिया अगाडि बढाएको छ । जोन्सन एन्ड जोन्सनले भने पूर्ण अनुमतिका लागि कुनै प्रक्रिया अगाडि बढाएको छैन ।

अमेरिकामा हालसम्म १२ वर्ष र त्यसभन्दा माथिका लागि मात्रै खोप उपलब्ध गराइरहेको छ ।

यस्तै फाइजरले यही वर्षको सेप्टेम्बर अन्तिमसम्ममा ५ देखि ११ वर्ष उमेरसमूहका बालबालिकामा खोप परीक्षण गर्ने लक्ष्य लिएको छ । त्यसगैरी २ देखि ५ वर्ष उमेरसमूहको तथ्यांक पनि छिट्टै प्रकाशित गरिने बताएको छ ।

मार्डना र जोन्सन एन्ड जोन्सन खोपले पनि बालबालिकाका लागि खोप ल्याउने तयारी गर्दैछन् ।