MENU

नयाँ वर्ष २०७८ को अवसरमा प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपालीहरुलाई सम्बोधन गर्ने

Prime Minister of Nepal K P Sharma Oli
Prime Minister of Nepal K P Sharma Oli

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीहरुलाई सम्बोधन गर्ने भएका छन् ।

नयाँ वर्ष २०७८को अवसरमा नेकपा एमाले प्रवास संगठन “प्रवासी नेपाली एकता मंच अन्तराष्ट्रिय कमिटि” को आयोजनामा प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपालीहरुलाई सम्बोधन गर्न लागेको हो ।

प्रवासी नेपाली एकता मञ्च, अन्तराष्ट्रिय कमिटी सचिव तथा प्रवासी नेपाली एकता मञ्च, अष्ट्रेलिया अध्यक्ष रमेश पाण्डेका अनुसार नयाँ बर्षको दिन अप्रिल १४ बुधवार नेपाली समय अनुसार साँझ ५ बजे हुन लागेको सम्बोधन कार्यक्रममा बिदेशमा रहेका नेपाली राजदुतहरु, महाबाणिज्यदुतहरु र गैर आवासीय नेपाली संघका अध्यक्ष लगाएतका पदाधिकारिहरुकाे बिशिष्ट आतिथि, अतिथिको रुपमा सहभागिता रहने छ ।

हालसम्म विश्वभर ३६ देशमा प्रवासी नेपाली एकता मंच स्थापना भइसकेको छ ।

भर्चुअल अनलाइन मार्फत आयोजना हुने कार्यक्रममा सहभागिता जनाउन थप जानकारी निम्न अनुसार रहेको छ ।

Date: 14 April 2021, Wednesday
Time: 4:30 PM (Kathmandu time)
Zoom Link:
https://us02web.zoom.us/j/81440228298?pwd=Y2ZJQTNtOVpSWjlSdDFXbDl2dEhrUT09

Meeting ID: 814 4022 8298
Passcode: 2021