MENU

काठमाडौं उपत्यकामा दुई हप्ता थपियो निषेध आदेश

Nepal's Capital Kathmandu Valley
Nepal’s Capital Kathmandu Valley

काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेध आदेश १५ दिन थपिएको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज मंगलबार बसेको संयुक्त बैठकले २९ वैशाखसम्म जारी निषेध आदेश १५ दिन थपेर जेठ १३ सम्म लम्ब्याउने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

बैठकले राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ।

यसैगरी पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजभतेरका कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जनाभन्दा सहभागी हुन नपाइने निर्णय भएको छ। निषेध आदेश कार्यान्वयनमा थप कडाइ गर्ने निर्णय पनि सीडीओहरुको बैठकले गरेको छ।